Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पाल्पाको भुतखोलामा डुबेर सिद्धार्थनगरका २२ बर्षीय युवाको मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाल्पाको भुतखोलामा डुबेर सिद्धार्थनगरका २२ बर्षीय युवाको मृत्यु

संसारपोस्ट संवाददाता · २१ कार्तिक २०८० · 0
पाल्पाको भुतखोलामा डुबेर सिद्धार्थनगरका २२ बर्षीय युवाको मृत्यु
80
SHARES
ShareTweet

पाल्पा । पाल्पाको दोभान स्थित भुतखोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्युु हुनेमा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–९, बस्ने २२ वर्षीय बिमल आचार्य रहेका छन् । मंगलबार दिउँसो सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ भूतखोलाको पोखरीमा डुबेर आचार्यको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
रुपन्देहीको भैरहवाबाट घुम्न आएका आचार्य र २६ वर्षीय युना दाहाल अचानक भूतखोला पोखरीमा डुबेको र स्थानीयले उद्दार गरी उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाएकामा चिकित्सकले आचार्यलाई मृत घोषणा गरेका थिए ।
घाइते अवस्थामा रहेकी दाहालको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घटनाको सम्बन्न्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रदेश र स्थानीय सरकारले बिना अध्ययन जथाभावी निर्माण गरेको संरचनाले हरेक वर्ष गर्मी सिजनमा पौडी खेल्न जाने र अन्य सिजनमा फोटो खिच्न जानेहरु चिप्लिएर लड्ने गरेका छन् ।
गत वर्ष प्रदेश सरकारले पर्यटकीय क्षेत्र भूतखोला व्यवस्थित गर्न २५ लाख बजेट विनियोजन गरेको थियो । डिभिजन वन कार्यालय र स्थानीय सामुदायिक वनले व्यबस्थित गर्ने योजना अघि सारे पनि सुरक्षाको प्रबन्ध भने नमिलाएको स्थानीयको गुनासो छ ।

≪ Previous Post

पुरा परिमाणमा ईन्धन उपलब्ध गराउन पेट्रोलियम ब्यवसायीको माग

Next Post ≫

लुम्बिनी प्रादेशिक अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउन गुरुयोजना कार्यान्वयन गर्न जोड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क