लुम्बिनी क्षेत्रबाट ३ जनालाई पक्राउ भैरहवा । रुपन्देही प्रहरीले अवैध बिद्युतिय उपकरण सहित जुवातास खेल्दै गरेको अवस्थामा लुम्बिनी क्षेत्रबाट ३ जनालाई पक्राउ गरेको छ ।
यही कार्तिक ८ गते सांझ ७ वजेको समयमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं.१० स्थित लुम्बिनी गेष्ट हाउसको कोठा नं. ४०१ मा जुवातास भईरहेको छ भन्ने गोप्य सूचना आधारमा जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले नगद, विद्युतिय उपकरण र तास सहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले लुम्बिनी गेष्ट हाउसको कोठा नं. ४०१ मा बिद्युतिय उपकरण सहित जुवा तास खेलिरहेको अवस्थामा जिल्ला कपिलबस्तु शिबराज नगरपालिका वडा नं.९ बस्ने बर्ष ३७ को मोहन प्रसाद निरौला, बर्ष ३६ को शिब ओली र जिल्ला रुपन्देही शुद्धोधन गाउँपालिका वडा नं.३ फर्साटिकर बस्ने बर्ष ५५ को राकेश बानियालाई पक्राउ गरेको हो ।
प्रहरीले सोही ठाउंबाट लु ३ च २०२२ नं. को कार, बिभिन्न दरका नेपाली रुपैयाँ ८३ हजार २७०, मोवाईल थान– ६, मोवाईलको ब्यट्री (सानो, ठुलो) थान – १७, बिभिन्न किसिमका तासको गड्डी –२४ थान, बिद्युतिय उपकरण मोवाईलको कनेक्टर –१ थान, बिद्युतिय उपकरण ब्यट्री जस्तो देखिने– २९ थान र बिद्युतिय उपकरणःम्याक्स लेखेको ब्यट्री – ४ थान बरामद गरेको छ ।
