Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीका विभिन्न ठाउंमा चोरी डांका गर्ने र अन्य घटनामा संलग्न १२ जना पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीका विभिन्न ठाउंमा चोरी डांका गर्ने र अन्य घटनामा संलग्न १२ जना पक्राउ

संसारपोस्ट संवाददाता · १३ कार्तिक २०८० · 0
रुपन्देहीका विभिन्न ठाउंमा चोरी डांका गर्ने र अन्य घटनामा संलग्न १२ जना पक्राउ
130
SHARES
ShareTweet

बुटवल । चाड पर्वको मौका छोपी रुपन्देहीका विभिन्न ठाउंमा चोरी डांका गर्ने लगायत अन्य विभिन्न घटनामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही, ईलाका प्रहरी कार्यालय बुटवल र मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न घटनामा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरेको हो ।
गएको असोज १७ गते तिलोत्तमा नगरपालिका वडा नं.–५ मणिग्राम स्थित सांग्रिला डेभलपमेन्ट बैंक र कामना बहुउद्देश्यीय सहकारी संस्था लि. को गेटमा लगाएको ताला फोडी भित्र प्रवेश गरी चोरी गरेको आरोपमा ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
उनीहरुले कामना बहुउद्देश्य सहकारी संस्थाबाट नगद रु. ३ लाख ५७ हजार ६०० र सि.सि.क्यामराको व्याकअप(डि.भि.आर) तथा साङ्ग्रिला बैँकबाट बैकको प्रबन्धकले प्रयोग गर्ने ल्यापटप, सि.सि.क्यामराको व्याकअप(डि.भि.आर) र खुकुरी चोरी गर्नुका साथै बैँकको नगद रहेको भल्ट राखेको कोठामा तोड्फोड गरी क्षति पु¥याएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा भारत गोरखपुर घर बताउने बर्ष २९ को प्रचण्ड बिक्की ठाकुर भन्ने आकाश सिंह, बर्ष ३८ को सोनु भन्ने जितेन्द्र यादव र बर्ष ३८ को अरबिन्द भन्ने बिष्णु सहानीलाई यही कार्तिक ४ गते सिद्धार्थनगर नगरपालिका–१३ स्थित एउटा क्यासिनो रहेको होटल अगाडी बाट पक्राउ गरी चोरी तथा डांका सम्बन्धि कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनीहरु यस अघिपनि जिल्लाका विभिन्न ठाउंमा चारी वारदातमा संलग्न रही फरार रहेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीले मोटरसाईकल चोरी गर्ने ब्यक्तिलाई दशि सहित पक्राउ गरेको छ । असोज १८ गते
बुटवल उप–महानगरपालिका वडा नं.–३ सिद्धबावा मन्दिर नजिकै पार्किङ गरी राखेको शिशिर खनालकोे लु ९३ प ७०१० नं.को मोटरसाईकल चोरी गरेको आरोपमा जिल्ला गुल्मी मालिका गाउपालिका ३ बस्ने बर्ष १९ को सोनु खड्का र बुटवल उप–महानगरपालिका ३ बस्ने बर्ष १८ को कृष्ण क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुलाई बुटवल उप–महानगरपालिका वडा नं.३ बमघाटबाट चोरी भएकोे मोटरसाईकल चलाउदै गरेको अबस्थामा मोटरसाईकल सहित नियन्त्रणमा लिई चोरी सम्बन्धि कसूरमा थप अनुसन्धान भई रहेको छ ।
यस्तै कार्तिक ४ गते वुटवल उपमहानगरपालिका वडा नं ११ देविनगर स्थित ईन्द्र बहादुर खत्रीको डेरा कोठाबाट सुनको औठी तथा कानमा लगाउने टप चोरी गरेको आरोपमा बुटवल उपमहानगरपालिका–११ बस्ने बर्ष १९ की अंशिका पल्ली मगरलाई बुटवल ११ देबीनगरबाट चोरी गरेको सुन र नगद सहित पक्राउ गरी प्रहरीले चोरी कसुरमा थप अनुसन्धान गरिरहेको छ ।
यस्तै प्रहरीले घर कोठामा प्रवेश गरी नगद र सुनका गहना चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
यही कार्तिक ७ गते बिहान तिलोत्तमा नगरपालिका वडा नं.२ जानकी नगर स्थित गंगा बहादुर कुँवरको घर कोठामा प्रवेश गरी नगद रु. ६० हजार र आधा तोला सुनको तिलहरी चोरी गर्ने भारत दार्जलिङ घर बताउने वर्ष ४२ को कमल थापालाई पक्राउ गरी चोरी कसुरमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
चोरी गर्ने व्यक्ति घरको तलाबाट हामफाली भाग्ने क्रममा घरवाला र स्थानीयले नियन्त्रणमा लिएका थिए । हामफाली भाग्ने क्रममा घाईते भएका थापालाई अस्पतालमा उपचार गरी डिस्चार्ज भएपछि मुद्दा दर्तागरी अनुसन्धान भैरहेको छ ।
घट्ना क्रम संख्या –५
यसैगरी प्रहरीले तामाका भाँडा र नगद चोरी गरी भाग्दै गरेको अवस्थामा ३ जनालाई दशि सहित पक्राउ गरेको छ । कार्तिक १० गते राति अं. ११ बजेको समयमा बुटवल उपमहानगरपालिका–९ नयाँ बसपार्कमा शंकास्पद अवस्थामा दौडी रहेका व्यक्तिहरुलाई रोकी सोधपुछ गर्दा उनीहरु तामाका भाँडा र नगद रु ५ हजार चोरी गरी भाग्दै गरेको खुल्न आएकोले निजहरुलाई चोरी भएको दशि सहित गस्तीमा रहेको प्रहरीले पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले चोरीमा संलग्न बुटवल उपमहानगरपालिका–.४ बस्ने बर्ष १८ को अबिषेक थापा, जिल्ला पाल्पा, तानसेन नगरपालिका वडा नं.४ बस्ने बर्ष २० को सन्तोष थापा र बुटवल उपमहानगरपालिका–.४ बस्ने बर्ष १८ को सिद्धार्थ जंग लामा भन्ने सन्देश नेपालीलाई पक्राउ गरेको छ ।
यस्तै प्रहरीले मोवाइल र नगद चोरी गरी भाग्ने क्रममा दशि सहित १ जनालाई पक्राउ गरेको छ । कार्तिक ११ गते विहान ४ वजे बुटवल उप–महानगरपालिका वडा नं. ११ बुद्धनगर स्थित हेमन्त सुनारको कोठा भित्र खाटको सिरानीमा राखेको मोवाईल थान–२ र नगद रु ५ हजार चोरी गर्ने बुटवल उप महानगरपालिका वडा न. ११ बुद्धनगर बस्ने बर्ष १८ को सुमित परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले लागु औषध सहित १ जनालाई पक्राउ गरेको छ । घटना विवरण अनुसार कार्तिक ८ गते तिलोत्तमा नगरपालिका वडा नं .९ मंगलापुर स्थित सिद्दार्थ राजमार्गको मुख्य सडक खण्डको पुर्व पट्टिको सर्भिस लेनमा सवारी दुर्घटना भएको भन्ने सूचनाका आधारमा प्रहरी घटनास्थल पुग्यो ।
उक्त स्थानमा प्रहरीको टोली जाँदा लु ५८ प ४१९५ नम्बरको मोटरसाईकल दुर्घटना भएको र मोटरसाईकल चालकलाई सोधपुछ गर्दा जिल्ला स्याङ्जा चापाकोट नगरपालिका वडा नं. ९ घर बताउने वर्ष २४ को स्वस्तिक भक्त भण्डारीलाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको हो । प्रहरीले खान तलासि लिदा निजको दायां खुट्टाको घुडामा सेतो पलाष्टिकको टेपले बेरि लुकाई छिपाई राखेको अवस्थामा लागु औषध सेरिज्याक २ एमएल दरको २२ एम्पुल्स, फेनारागन २ एमएल दरको दरको २१ एम्पुल्स र तालाजेसिक २ एमएल दरको २६ एम्पुल्स बरामद भएको छ ।

≪ Previous Post

९२ हजार बढी नगदसहित पाल्पा तानसेनबाट ७ जुवाडे पक्राउ

Next Post ≫

अवैध बिद्युतिय उपकरण सहित जुवातास खेल्दै गरेको अवस्थामा ३ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क