Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ युनिभर्सल मेडिकल कलेज भैरहवामा विद्यार्थीको अनशन जारी : प्रिन्सिपलको राजीनामा माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

युनिभर्सल मेडिकल कलेज भैरहवामा विद्यार्थीको अनशन जारी : प्रिन्सिपलको राजीनामा माग

संसारपोस्ट संवाददाता · १३ कार्तिक २०८० · 0
युनिभर्सल मेडिकल कलेज भैरहवामा विद्यार्थीको अनशन जारी : प्रिन्सिपलको राजीनामा माग
110
SHARES
ShareTweet

भैरहवा । रुपन्देहीको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस) एण्ड टिचिङ हस्पिटलमा अध्ययनरत विद्यार्थीहरुको अनशन जारी छ ।
१५ दिनदेखि अनसनमा बसेका विद्यार्थी आन्दोलनले अस्पतालमा पठनपाठन र उपचार सेवा पूर्णरुपमा बन्द भएको छ । कलेज प्रशासनले आन्दोलनरत विद्यार्थीका सबै माग सम्बोधन गर्न तयार रहेपनि आन्दोलनरत विद्यार्थीहरुले प्रिन्सिपलले राजीनामा नदिदासम्म आन्दोलन फिर्ता नलिने अडान लिएपछि सहमति जुट्न सकेको छैन ।
विद्यार्थीहरुले प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकको राजीनामालाई पहिलो सर्त बनाएपछि सहमति जुट्न नसेकेको मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी गराउनु भयो ।
आवासीय चिकित्सकहरुले समेत विद्यार्थीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै बिरामीको उपचार नगर्दा अस्पतालमा भर्ना भएका बिरामीहरु र उपचारका लागि आएका विरामीहरु उपचार सेवाबाट बञ्चित भएका छन् ।
प्रिन्सिपलमा नियुक्त भएर आएपछि डा. पाठकले एमबीबीएस तेस्रो, चौथो र पाँचौं वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीहरूका लागि नयाँ ड्रेसकोड लागू गरेकी थिइन् ।
विद्यार्थीहरूले उक्त ड्रेसकोड मान्य नहुने भन्दै विरोध जनाएका थिए । पाठकले सबै विद्यार्थीहरूका लागि पाइन्ट र सर्टको व्यवस्था गरेकी थिइन् । तर, महिला विद्यार्थीहरूले लामो समयसम्म पाइन्ट र सर्ट लगाएर इन्टर्न गर्न नसकिने भन्दै विरोध जनाएका थिए । त्यसरी विरोध जनाउने अन्तिम वर्षका विद्यार्थीहरूलाई परीक्षामा समेत रोक लगाएको विद्यार्थीहरूको आरोप छ ।
चौथो वर्ष एमबीबीएसमा अध्ययनरत छात्र छात्राहरूलाई मात्र एक वर्षको लागि लागू हुने गरी नयाँ ड्रेसको नियम लागू भएको हो । सुरूमा सामान्य जस्तै देखिएको यो विषय पछि गएर विद्यार्थीहरूले पाठकको नै राजीनामा माग्न थालेका छन् ।
प्रिन्सिपलले राजीनामा दिनुपर्ने, नयाँ ड्रेसकोड लागू नगरी पहिलेको जस्तै यथावत राख्नुपर्ने, इन्टर्नसिपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका माग राखेर विद्यार्थीहरु आन्दोलनरत छन् ।
तर पछिल्लो समय प्रिन्सिपलको राजीनामालाई विद्यार्थीहरुले बटमलाइन बनाएका छन् । एमबीबीएस र बीडीएस अध्ययनरत करिब ६०० विद्यार्थीको आन्दोलनमा आवासीय चिकित्सकले समेत समर्थन जनाएका छन् ।

≪ Previous Post

अवैध बिद्युतिय उपकरण सहित जुवातास खेल्दै गरेको अवस्थामा ३ जना पक्राउ

Next Post ≫

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनीमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क