Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनी आउने : स्वागतका लागि लुम्बिनी विकास कोषको तयारी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनी आउने : स्वागतका लागि लुम्बिनी विकास कोषको तयारी

संसारपोस्ट संवाददाता · ११ कार्तिक २०८० · 0
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनी आउने : स्वागतका लागि लुम्बिनी विकास कोषको तयारी
130
SHARES
ShareTweet

लुम्बिनी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आउँदो मंगलबार गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न आउने भएका छन् । गुटेरेस आइतबार राति काठमाडौं आईपुग्ने र कात्तिक १४ गते मंगलबार लुम्बिनी आउने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषले जनाएको छ ।
गुटेरेस लुम्बिनी आउने राष्ट्रसंघको छैठौं महासचिव हुनेछन् । महासचिव गुटेरेसको स्वागतका लागि कोषले आवश्यक तयारी समेत गरेको छ । कोषले शनिबार लुम्बिनी साँस्कृतिक नगरपालिका, भिक्षु भिक्षुणी सहित सरोकारवालाहरुसँग बैठक गरी महासचिव गुटेरेसको भ्रमणलाई भव्य बनाउनेबारे छलफल गरेको छ ।
नेपालको चारदिने भ्रमणका क्रममा कात्तिक १४ गते बुद्धजन्मस्थल लुम्बिनी भ्रमणको समय तय भएपछि लुम्बिनी विकास कोषले उहांको स्वागतको तयारी गरेको लुम्बिनी विकास कोषका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताउनुभयो । राईका अनुसार मंगलबार बिहान ९ बजेदेखि १० बजेभित्र महासचिव गुटेरेस सहभागि औपचारिक कार्यक्रम हुनेछ । सोही कार्यक्रममा गरटेरेसले सञ्चारकर्मीसंग आफ्ना भनाइ राख्ने राईले जानकारी दिनुभयो ।
महासचिव गुटेरेस प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा कात्तिक १२ (अक्टोबर २९) मा नेपाल आउने तय भएको हो । १४ गते विहान ८ः३५ बजे महासचिव गुटेर्रस भैरहवा स्थित गौतमबुद्व अन्तराष्ट्रिय विमानस्थल आईपुग्ने र त्यहाँबाट हेलीकप्टरमा सिधै लुम्बिनी आउने प्रमम्भिक कार्यक्रम तय भएको छ । महासचिव गुटेरेसलाई हेलिप्याडदेखि चार नम्बर गेट, शान्तिदिप हुँदै मायादेवि मन्दिरसम्म जाने बताईएको छ ।
यसअघि महासचिव गुटेरेसले अक्टुबर १३ देखि १५ सम्म नेपाल भ्रमण गर्ने कार्यतालिका तय भएको थियो । तर, अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि उक्त भ्रमण स्थगित गरिएको थियो । गुटेरेसले कात्तिक १४ गते संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका पनि तय भएको छ ।
महासचिव गुटेरेस सन् १९९५ देखि २००० सम्म पोर्चुगलका प्रधानमन्त्री थिए । संयुक्त राष्ट्रसङ्घको महासचिवका रूपमा उहांको यो दोस्रो कार्यकाल हो । उनी पहिलो कार्यकालका लागि सन् २०१६ मा महासचिवमा नियुक्त भएका थिए ।
महासचिव गुटेरेससंग लुम्बिनीको विकासका लागि सहयोगका लागि अपिल गरिने कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बताए । उनले महासचिवको भ्रमणले लुम्बिनीबाट विश्वशान्तिको सन्देश विश्वभर दिन सकिने बताए । महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संगै लिएर आउने कोषले जनाएको छ ।
महासचिव गुटेरेस लुम्बिनीपछि पोखरा र अन्नपूर्ण आधार शिविरमा पनि जाने कार्यक्रम छ ।
लुम्बिनीको गुरुयोजना संयुक्त राष्ट्रसंघको पहलमा तयार भएको हो । जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तको आग्रहमा लुम्बिनी गुरुयोजना तयार गरेका थिए । लुम्बिनी गुरुयोजना र लुम्बिनीको विकास तथा प्रवद्र्धनको लागि अन्तर्राष्ट्रिय स्तरको समिति गठन गर्ने कार्यमा पनि संयुक्त राष्ट्रसंघकै भूमिका रहेको छ । सन् १९६७ को अप्रिलमा राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तले लुम्बिनीको भ्रमण गरेका थिए ।
त्यसक्रममा बुद्ध जन्मस्थल लुम्बिनीको विकास नभएको र अवस्था दयनीय देखेपछि नेपालका तत्कालीन राजा महेन्द्रसँगको भेटमा लुम्बिनीको विकासका लागि आफू सहयोग गर्न तयार रहेको बताएका थिए । राष्ट्रसंघको महासचिवका रुपमा यसअघि ड्याग हयामरकोल्ड, ऊ थान्त, ज्याभियर पेरिज डि कुइलर, कर्ट वाइल्डहाईम र बानकी मुनले लुम्बिनीको भ्रमण गरेका छन् ।
सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक टाँगेले तयार पारेको लुम्बिनी गुरुयोजना ४५ वर्ष बितिसक्दा समेत अधुरो छ । अहिले सम्म ८५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । यतिबेला केही योजनाका काम अगाडि बढेका छन् ।
विश्वका शान्तिप्रेमी र बौद्धमार्गीको पवित्र थलो भएकाले सन् १९६७ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तको लुम्बिनी भ्रमणपछि यसलाई पर्यटकीय एवं तीर्थस्थल बनाउने योजना अन्तर्राष्ट्रियस्तरमै तय गरिएको थियो ।
राष्ट्रसंघको टोलीले १० डिसेम्बर १९६७ देखि ९ जनवरी १९६८ सम्म लुम्बिनी विकासका पूर्वाधारहरू यातायात, पिउने पानी, विद्युत्, आवास आदिबारे विशेष परामर्श दिएको थियो ।

≪ Previous Post

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा स्याङ्जाका थापाको मृत्यु

Next Post ≫

बुटवल देवीनगरमा सराय नाच प्रदर्शन : नाच प्रति युवापुस्ता आकर्षित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क