बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको अध्यक्षमा हरिप्रसाद अर्याल निर्वाचित हुनुभएको छ ।
संघको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशन अन्तरगत भएको निर्वाचनबाट ७७६ मत प्राप्त गरी तीन वर्षे कार्यकालको लागि अध्यक्ष पदमा अर्याल निर्वाचित हुनु भएको हो ।
अध्यक्षमा निर्वाचित अर्यालले अध्यक्ष पदका अर्का प्रत्यासी दिनेशप्रसाद श्रेष्ठले भन्दा ८७ मत बढि प्राप्त गर्नुभएको थियो । अध्यक्षमा निर्वाचित अर्यालले ७७६ मत र श्रेष्ठले ६८९ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी गराउनु भयो । संघको निर्वाचनमा १ हजार ७७८ सदस्य मतदाता रहेकोमा १ हजार ५०६ मत खसेको थियो ।
संघको वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्षमा बिमलराज भट्टराई निर्बिरोध निर्वाचित हुनुभएको छ भने अन्य सबै पदमा निर्वाचन भएको थियो ।
उद्योग उपाध्यक्ष पदमा ७७८ मत सहित सुरज भट्टराई निर्वाचित हुनुभएको छ भने अर्का प्रत्यासी नविनप्रसाद श्रेष्ठले ६७२ मत प्राप्त गर्नुभयो । महासचिव पदमा ७६० मत सहित मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष पदमा ८०९ मत सहित बसन्तप्रसाद ढकाल, सचिव पदमा ७२३ मत सहित प्रतिक पोखरेल र सहकोषाध्यक्ष पदमा ८३० मत सहित धनकुमारी खनाल (सविता) निर्वाचित हुनुभएको छ ।
त्यसैगरी एक एशोसियट सदस्य पदमा ७५१ मत सहित बालकृष्ण पौडेल निर्वाचित हुनुभएको छ । चार उद्योग सदस्य पदमा दिपकप्रसाद चापागाई, निर्मित कसजू, सुनिता शर्मा वञ्जाडे र कृष्णप्रसाद पाण्डे, चार वाणिज्य सदस्य पदमा गणेशप्रसाद भट्टराई, काशिराम शर्मा पौडेल, रामबहादुर भण्डारी र टिकाराम वञ्जाडे निर्वाचित हुनुभएको छ ।
त्यस्तै सात खुल्ला सदस्य पदमा बिष्णु (कमला) घिमिरे पन्त, बिष्णुप्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली र उमेश अमात्य तथा दुई महिला सदस्य पदमा जमुना पौडेल र रेनु श्रेष्ठ निर्वाचित हुनु भएको छ ।