Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोजगारी नहुँदा युवाशक्तिह विदेश पलायन, युवालाइ मुलुकमै टिकाउन आवश्यक : नेता खनाल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोजगारी नहुँदा युवाशक्तिह विदेश पलायन, युवालाइ मुलुकमै टिकाउन आवश्यक : नेता खनाल

संसारपोस्ट संवाददाता · २१ आश्विन २०८० · 0
रोजगारी नहुँदा युवाशक्तिह विदेश पलायन, युवालाइ मुलुकमै टिकाउन आवश्यक : नेता खनाल
120
SHARES
ShareTweet

भैरहवा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा बेरोजगारी ब्याप्त रहेको बताउनु भएको छ । उहाले रोजगारी नहुँदा युवाशक्तिहरु विदेश पलायन भइरहेको उल्लेख गर्नुभयो ।

समाजवादी जागरण अभियानका क्रममा भैरहवा आउनु भएका खनाल आइतबार समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै युवाशक्तिहरु खाडीलगायतका मुलुकमा पलायन हुनु मुलुकका लागि ठीक नभएको बताउनु भयो ।
उहाले यही अस्वथा रहे देश युवाबिहीन हुने खतरा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । ‘युवालाई मुलुकमै टिकाउन जरुरी छ, यसका लागि रोजगारी बृद्धि, औद्योगिकीकरण, कृषि क्षेत्रमा व्यापक सुधार र विकास जरुरी छ’, उहाले भन्नुभयो । उहाले मुलुकमा रोजगारी बृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकीकरण लगायतलाई केन्द्रमा राखेर पार्टीले समाजवादी जागरण अभियान चलाइरहेको बताउँदै यसले समाजवादतर्फ जान मद्दत गर्ने जनाउनु भयो ।
यस्तै, नेता खनालले नेपालमा नयाँ ढङ्गको ध्रुबिकरणको आबश्यकता रहेको समेत बताउनु भयो । बर्तमान पुँजीवादी शासन व्यवस्थाका कारण मुलुकले कोल्टे फेर्न नसकेको उल्लेख गर्दै उहाले समाजवादी व्यवस्थासहितको नयाँ ध्रुबिकरण आबश्यकता रहेकोमा जोड दिनुभयो । ‘समाजवादमा जानका लागि आवश्यक परे विचार मिल्ने कम्युनिस्टहरु एक हुनुपर्ने हुन्छ’, उहाले भन्नुभयो, ‘यसका लागि नयाँ ध्रुबिकरण जरुरी छ ।’

उहाले २०७४ मा बनेको दुई तिहाईको सरकारबाट जनताले अपेक्षा गरे पनि गलत नेतृत्वका कारण मुलुक फेरि संकटमा परेको बताउदै  अहिलेको व्यवस्थाले आम नागरिकलाई भन्दा बढी विचौलिया, दलाल तथा पुँजीवादीलाई मात्र संरक्षण गरेको टिप्पणी गर्नुभयो । उहाले व्यवस्था फेरिए पनि त्यो व्यवस्था अनुसार जनताको जीवनस्तर र अबस्था नफेरिएको बताउँदै समाजवादमा जाने कि पुँजीवादमै रहने भन्ने बिषयमा व्यापक बहस चलाउनु पर्ने बताउनु भयो ।
नेता खनालले अहिलेका तीन तहका सरकारले जनताको काम गर्न नसकेको बताउनु भयो । ‘यो व्यवस्थामा कुनै सरकारले काम गर्न सक्दैन’, उहाले भन्नुभयो, ‘यसैले व्यापक सुदृढिकरण जरुरी छ । यसैले हामीले नयाँ योजनासाथ अभियान चलाएका छौं ।’ मुलकुमा आर्थिक, सामाजिक र सांस्कृतिक संकट गहिरिँदै गएको उल्लेख गर्दै नेता खनालले समाजवादी यात्राले जनतामा बढ्दो निरासालाई कम गर्न मद्दत गरेको बताउनु भयो ।
समाजवादी पार्टीका उपमहासचिव एवं प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जनताका प्रत्यक्ष भोगाईलाई लिएर मेची महाकाली यात्रामा निस्किएको बताउनु भयो । उहाले असोज १४ बाट शुरु भएको यात्रा भैरहवासम्म आउँदा झण्डै ५ हजार बढी स्वतन्त्र नागरिक र विभिन्न पार्टी छाडेर समाजवादी प्रवेश गरेको बताउनुभयो ।  यात्राका क्रममा आफूहरुले जनतालाई आश्वस्त पार्ने गरी रोजगारी सिर्जना, कृषिमा आधुनिकिकरण, व्यवसायिकरण लगायतका विषयमा आवाज बुलन्द गरेको र यी पूरा गर्न सरकारलाई दवाव दिने बताउनु भयो । नेता खतिवडाले समृद्धिका लागि रोजगारी र रोजगारीका लागि कृषि संगसंगै लैजानु पर्नेमा जोड दिनुभयो । समाजवादी जागरणको मेची–महाकाली यात्रा असोज २९ मा महेन्द्रनगर पुगेर समापन हुनेछ ।

≪ Previous Post

सदुपयोग सहकारीमा शेयर सदस्य र कर्मचारीको दुर्घटना विमा

Next Post ≫

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल निर्वाचित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क