Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सदुपयोग सहकारीमा शेयर सदस्य र कर्मचारीको दुर्घटना विमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सदुपयोग सहकारीमा शेयर सदस्य र कर्मचारीको दुर्घटना विमा

संसारपोस्ट संवाददाता · २० आश्विन २०८० · 0
सदुपयोग सहकारीमा शेयर सदस्य र कर्मचारीको दुर्घटना विमा
80
SHARES
ShareTweet

सदुपयोग सहकारीमा शेयर सदस्य र कर्मचारीको दुर्घटना विम
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका २ स्थित सदुपयोग बचत तथा ऋण सहकारी संस्थाले सम्पुर्ण सेयर सदस्य तथा कर्मचारीहरुको १ लाखको दुर्घटना बिमा गरेको छ । सेयर सदस्य बृद्धि अभियानलाई प्राथमिकतामा राखेको सहकारी संस्थाले आर्थिक बर्ष २०७९/८० मा १५१ जना नयाँ सेयर सदस्य थप गरी सेयर सदस्य संख्या ७०८ पुर्याएको छ ।
सहकारी संस्थाको शनिबार सम्पन्न १२ औं साधारण सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष कमल अर्यालले यो आर्थिक वर्षमा सेयर सदस्य संख्या १ हजार पुर्याउने बताए ।
यस्तै संस्थाले बचतलाई बर्गिकरण गरी नियमित,स्वेच्छिक र मुद्धति खाता सञ्चालन गर्ने , महिला प्रसुति स्याहार खर्च बापत एक पटकलाई रु २ हजार प्रदान गर्ने र तिलोत्तमा नगरपालिका संग जोडिएका अन्य पालिकाहरुमा लगानी गर्न मिल्ने गरी कार्यविधि संसोधन गरिने लगायतका प्रस्ताब पारित गरिने अध्यक्ष अर्यालले बताए ।
कार्यक्रममा समाजसेवी प्राथमणि आर्चायले सहकारी सस्थाहरुले सेयर सदस्यहरुलाई बढि प्रतिफल दिने खालका कार्यक्रमहरु गर्नुपर्न बताए । आफुले बुझेका र स्थानियले सन्चालन गरेका सहकारी सस्थामा मात्र बचत जम्मा गर्न सुझाव दिए ।
साधारण सभामा संस्थाका सल्लाहकार कल्याण पौडेल,खिमानन्द भट्टराई, ईश्वर शर्मा, उपाध्यक्ष नारायणी शर्मा अधिकारी, लेखा संयोजक मिना रेश्मी, संचालक सदस्य प्रेम नेपाली, सेयर सदस्य शान्ता थापालगायतले मन्तब्य व्यक्त गरेका थिए । साधारण सभाले अध्यक्ष र कोषाध्यक्ष ढक बहादुर टण्डनको आर्थिक प्रतिवेदन पारित गरेको सचिव प्रकाश चापागाईले बताए ।
सो अवसरमा सेयर सदस्य बृद्धि गर्ने सरस्वती बस्नेत, असल ऋणी अमृता टण्डन र एसईई ३.९२ जिपिए ल्याउने सम्झना बस्नेतलाई नगद सहित सम्मान गरिएको थियो ।

≪ Previous Post

३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

Next Post ≫

रोजगारी नहुँदा युवाशक्तिह विदेश पलायन, युवालाइ मुलुकमै टिकाउन आवश्यक : नेता खनाल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क