Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

संसारपोस्ट संवाददाता · १४ आश्विन २०८० · 0
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा
150
SHARES
ShareTweet

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी ३५ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता अन्तरगत आइतबारको खेलमा भू.पू. सैनिक जवाई स्पोर्टिङ क्लब सालघारी विजयी भएको छ ।
लिस्नु युवा क्लब कोटिहवालाई ३–२ गोल अन्तरले पराजित गर्दै जवाई अघिल्लो चरणमा प्रवेश गरेको छ । स्वर्गीय रुकमाया दर्लामीको स्मृतीमा झरना स्पोर्ट्स क्लब तिलोत्तमाले प्रतियोगिताको आयोजना गरेको हो ।
तिलोत्तमा–६ कुञ्जलापुरस्थित खेल मैदानमा भएको खेलमा जवाईका सरद दर्लामीले ११ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यसैगरी ३१ मिनेटमा अर्का खेलाडी सरद क्षेत्रीले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । खेलको दोस्रो हाफमा पुजन भण्डारीले थप गोल गरेका थिए । लिस्नुका तर्फबाट खेलको ४२ मिनेटमा सिजन थापा र दोस्रो हाफको २९ मिनेटमा आमोस पुनले गरी २ गोल गरे पनि जितका लागि प्रयाप्त भएन ।
उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब सुपौली विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।
सोमबार दिउँसो ३ बजे हुने तेस्रो खेलमा फर्साटिकर एफसी र कपिलवस्तु–११ बीच प्रतिस्पर्धा हुने आयोजक क्लबका सचिव सिजन थापाले जानकारी दिनुभयो ।
विभिन्न जिल्लाका १६ समूहको सहभागिता रहेको प्रतियोगिताको विजेताले ३ लाख ५० हजार नगद राशी सहित ट्रफी, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उपविजेताले नगद राशी १ लाख ७५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सचिव थापाले जानकारी दिनुभयो । प्रतियोगितामा सेमिफाइनल प्रवेश गर्ने अन्य २ समूहलाई समेत समान २५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
यसैगरी विधागत तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र हाईस्कोररलाई समान ५ हजार नगद राशीले सम्मान गरिने खेल संयोजक मनु श्रीसले जानकारी दिनुभयो । प्रतियोगितामा पत्येक खेलका म्यान अफ दि म्याचलाई ३ हजार नगद राशीले सम्मान गरिने छ ।
प्रतियोगितामा आयोजक झरना स्पोर्ट्ससँगै २४ औं संस्करणको विजेता जन ज्योती क्लव डिङ्गरनगर, न्यू सिर्जना युवा क्लब करौजिया, देबदह ब्वाइज देबदह, अहना एफसी बुटवल, नवयुवा खेलकुद ठुटिपिपल, पाल्पा–११ पाल्पा, लिस्नु युवा क्लब कोटिहवा, भूपू सैनिक स्पोर्टिङ क्लब सालघारी, बहुजातीय एकता समाज मडहा, सौभाग्य युवा क्लब बुटवल, नवलपरासी–११ नवलपरासी, फर्साटिकर एफसी फर्साटिकर, सम्पूर्ण युवा क्लब सुपौली र लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको सहभागिता रहेको छ ।

≪ Previous Post

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

Next Post ≫

सदुपयोग सहकारीमा शेयर सदस्य र कर्मचारीको दुर्घटना विमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क