Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

संसारपोस्ट संवाददाता · १३ आश्विन २०८० · 0
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी
150
SHARES
ShareTweet

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शनिबारदेखि ३५ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता सुरु भएकोछ । स्वर्गीय रुकमाया दर्लामीको स्मृतिमा झरना स्पोर्ट्स क्लब तिलोत्तमाले प्रतियोगिताको आयोजना गरेको हो । तिलोत्तमा–६ कुञ्जलापुरस्थित उमा आधारभूत विद्यालयको खेल मैदानमा जारी प्रतियोगिताको उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब सुपौली विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।
सम्पूर्णले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवललाई ट्राईब्रेकरमा ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको निर्धारित समयमा दुबै समूहबाट समान १÷१ गोल भएपछि ट्राईब्रेकरबाट विजयी टिमको टुङ्गो लागेको हो । पहिलो हाफको २२ औं मिनेटमा प्रहरीका शैलेन्द्र चौधरीले गोल गर्दै अग्रता दिलाए पनि त्यसलाई कायम राख्न नसक्दा हार ब्यहोर्नु परेको हो । १–० गोल अन्तरले पछि परेको सम्पूर्णलाई दोस्रो हाफको २० औं मिनेटमा सोनम गुरुङले गोल गर्दै बराबरीमा लगेका थिए ।
खेल अवधिभर सम्पूर्णमाथि हाबी देखिएको प्रहरीले गोल गर्ने उत्कृष्ट अवसरहरुलाई गुमाएको थियो । हारसँगै प्रहरीको टोली प्रतियोगिताबाट बाहिरिएको छ । खेलमा सम्पुर्णका गोलकिपर भण्डारी म्यान अफ द म्याच भए ।
आइतबार दिउँसो ३ बजे हुने दोस्रो खेलमा भू.पू. सैनिक जवाई स्पोर्टिङ क्लब सालघारी र लिस्नु युवाक्लब कोटिहवाका बीच प्रतिस्पर्धा हुने आयोजक क्लबका सचिव सिजन थापाले जानकारी दिनुभयो ।
विभिन्न जिल्लाका १६ समूहको सहभागिता रहेको प्रतियोगिताको विजेताले ३ लाख ५० हजार नगद राशीसहित ट्रफी, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उपविजेताले नगद राशी १ लाख ७५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सचिव थापाले जानकारी दिनुभयो । प्रतियोगितामा सेमिफाइनल प्रवेश गर्ने अन्य २ समुहलाई समेत समान २५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
यसैगरी विधागत तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र हाईस्कोररलाई समान ५ हजार नगद राशीले सम्मान गरिने खेल संयोजक मनु श्रीसले जानकारी दिनुभयो । प्रतियोगितामा पत्येक खेलका म्यान अफ दि म्याचलाई ३ हजार नगद राशीले सम्मान गरिने छ । प्रतियोगिता असोज २८ गतेसम्म सञ्चालन हुने छ ।
प्रतियोगितामा आयोजक झरना स्पोर्ट्ससँगै २४ औं संस्करणको विजेता जन ज्योति क्लव डिङ्गरनगर, न्यू सिर्जना युवा क्लब करौजिया, देबदह ब्वाइज देबदह, अहना एफसी बुटवल, नवयुवा खेलकुद ठुटिपिपल, पाल्पा–११ पाल्पा, लिस्नु युवा क्लब कोटिहवा, भूपू सैनिक स्पोर्टिङ क्लब सालघारी, बहुजातीय एकता समाज मडहा, सौभाग्य युवा क्लब बुटवल, नवलपरासी–११ नवलपरासी, फर्साटिकर एफसी फर्साटिकर, सम्पूर्ण युवा क्लब सुपौली र लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले खेलको माध्यमबाट नगर तथा सिंगो मुलुकलाई बिकास गर्न सकिने उल्लेख गर्नुभयो । खेलकुदको बिकासका लागि नगरपालिका आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताउँदै सोही अनुसार नीति कार्यक्रम तथा बजेटमा समेत व्यवस्था गरिएको उहांले बताउनु भयो । तिलोत्तमाबाट उदायका खेलाडीहरुले विभिन्न खेलको माध्यमबाट देश तथा विदेशमा समेत नाम कमाउन सफल भएको बताउँदै उहांले थप बिकासका लागि नगरपालिका सधै सकारात्मक रहेको उल्लेख गर्नुभयो ।
यसैगरी उप प्रमुख जगेश्वरदेवी चौधरीले युवाहरुलाई खेलको माध्यमबाट एकै ठाउँमा जोड्नुका साथै सकारात्मक भावनाको विकास गर्न सकिने उल्लेख गर्नुभयो । खेलमा सहभागी युवाहरुले त्यसमै आत्मनिर्भर हुने गरि आर्थिक हिसाबले समेत सबल बनाउनु पर्ने खाँचो औल्याउँदै चौधरीले नगरपालिकामा रहेको सिमित श्रोत र साधनले मात्रै नपुग्ने हुँदा प्रदेश तथा केन्द्र सरकारले पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
क्लबका अध्यक्ष गंगा प्रसाद रानाले युवाहरुमा उत्कृष्ट खेल प्रतिभा हुँदाहुँदै पनि बाँच्नका लागि विदेशिनु पर्ने बाध्यता रहेको गुनासो गर्नुभयो । सरकारले खेलाडीको जीविको पार्जन हुने गरी उनीहरुलाई आर्थिक रुपमा सबल गराउने हो भने खेलकै माध्यमबाट मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन युवा सक्षम रहेको उहांले बताउनु भयो ।

≪ Previous Post

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

Next Post ≫

प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क