Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

संसारपोस्ट संवाददाता · १३ आश्विन २०८० · 0
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन
100
SHARES
ShareTweet

बुटवल । विश्वकै ठूलो अर्थतन्त्र भएको छिमेकी मुलुक चीनबाट नेपालले आफ्नै कमजोरीका कारण अपेक्षाकृत सहयोग र लाभ लिन चुकेको सरोकारवालाहरुले बताएका छन् ।
चीनको ७४औं राष्ट्रिय दिवसको अवसरमा नेपाल–चीन मैत्री समाज लुम्बिनीले बुटवलमा गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरुले चीनले नेपालको औद्योगिक विकासका लागि स्थापना गरिदिएका उद्योगहरु राम्ररी चलाउन नसकेर बन्द गर्नु, नेपालको राजनीति सधैं अस्थिर भइरहनु, परराष्ट्र नीति सन्तुलित र विश्वसनीय बनाउन नसक्दा सबै भन्दा नजिकको छिमेकी चीनबाट आर्थिक सहयोग र लगानी भित्राउन नसकेको टिप्पणी गरे ।
सो अवसरमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालको छिमेकी मुलुक चीनबाट नेपालले अपेक्षाकृत लाभ लिन चुकेको बताउनु भएको छ । प्रमुख शेरचनले चीन नेपालको असल र सहयोगी छिमेकी भएपनि नेपालको आफ्नै कमजोरीका कारण अपेक्षाकृत लाभ लिन नसकिएको औंल्याउनु भयो ।
नेपालको निरन्तरको राजनीतिक अस्थिरता र नेपालका प्रधानमन्त्रीहरुको चीन भ्रमणका क्रममा धेरै क्षेत्रमा सहमति गर्ने तर कार्यान्वयन पक्ष कमजोर हुंदा चीनको विश्वास जित्न नसक्दा सोचे अनुसार सहयोग र लगानी भित्राउन नसकिएको शेरचनले बताउनु भयो ।
‘२००७ साल यता पञ्चायत, वहुदल र गणतन्त्र गरी सबै व्यवस्थामा कुनै सरकार पांच वर्ष स्थिर हुन नसक्दा चीनलाई विश्वासमा लिन सकिएन’–शेरचनले भन्नुभयो –‘अब धेरै क्षेत्रमा सहयोग माग्न भन्दा नेपालको ब्यापार घाटाको मुख्य कारण बनेको इन्धन आयात घटाउन विद्युतीय सवारी साधन नेपालमै उत्पादन वा एसेम्बल र नेपालका सबैखाले प्राकृतिक स्र्रोत साधनको भरपूर सदुपयोगमा चीनसंग सहकार्य गर्ने विषयमा केन्द्रीत हुन आवश्यक छ ।’
माओत्सेतुङले नयां चीन स्थापना गर्नुअघि चीनको आर्थिक अवस्था नेपालको भन्दा खराब रहेको तर चिनीया नागरिकको अथक मेहनत र अनुशासनले अहिले विश्वकै शक्तिशाली अर्थतन्त्र भएको देश बनेको शेरचनले उल्लेख गर्नुभयो ।
नेपालले एक चीन नीतिलाई कडाईका साथ पालना गर्नुपर्ने भन्दै शेरचनले अहिलेको आर्थिक संकटबाट मुक्ति पाउन चीनको सहयोग लिन सरकार र दलहरुको ध्यान जानुपर्ने शेरचनले सुझाउनु भयो ।
नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण सापकोटाले चिनसंग सरकारी तह र जनस्तरमा पनि सम्बन्ध विस्तार गरी नेपालमा चिनिया लगानी भित्राउन र १५ करोड चिनियां बौद्धमार्गीलाई बुद्ध जन्मस्थल लुम्बिनीमा आकर्षित गर्न समाजले सरोकारवाला निकायसंग सहकार्य गरिरहेको बताउनु भयो ।
अन्रतक्रियामा लुम्बिनी स्थित चिनिया बिहारका भिक्षु, लुम्बिनी बौद्ध विश्व विद्यालयका रजिष्ट्रार तिलक आचार्य,प्रा.डा.कपिलदेव लामिछाने, डा. ऋषिराम शर्मा, डा. सागर न्यौपाने, उद्योगीहरु उज्ज्वल कसजू, एजाज आलम, टंक पोखरेल, प्राज्ञ बुंद राना लगायतले चीनको राष्ट्रिय दिवसमा एक साता लामो विदा हुने भएको त्यो अवधिमा चिनिया पर्यटकलाई नेपाल भित्राउन विशेष योजना र प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

≪ Previous Post

बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

Next Post ≫

तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क