Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

संसारपोस्ट संवाददाता · १२ आश्विन २०८० · 0
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा
130
SHARES
ShareTweet

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा चुनावी सरगर्मी शुरुभएको छ । बुटवलका ब्यवसायीहरुको प्रतिनिधिमूलक छाता संस्थाको रुपमा रहेको बुटवल उद्योग वाणिज्य संघको यही असोज १९ गते देखि २२ गतेसम्म हुने ७० औं वार्षिक साधारण सभा तथा २५ औ अधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि दिनेशप्रसाद श्रेष्ठ र हरिप्रसाद अर्यालले अलग अलग प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
दुबै समूहले अलग अलग कार्यक्रम गरेर आफ्नो प्यालन सहितको उम्मेदवारी घोषणा गरी प्रचार अभियानमा जुटेका छन् ।
दिनेशप्रसाद श्रेष्ठ नेतृत्वको प्यानलले विहीबार बुटवलको होटल महाराजामा कार्यक्रम गरेर उम्मेदवारी घोषणा गरेको हो भने हरिप्रसाद अर्याल नेतृत्वको प्यानलले शुक्रबार संघका दुई पूर्व अध्यक्षहरुलाई साथमा राखेर उम्मेदवारी घोषणा गरेको हो ।
अर्यालको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा बिमलराज भट्टराई, महासचिवमा मुक्ति अधिकारी, कोषाध्यक्षमा बसन्त प्रसाद ढकाल, सचिवमा भेषराज गैरे तथा सह–कोषाध्यक्षमा धनाकुमारी खनाल रहेका छन् ।
दिनेश प्रसाद श्रेष्ठ प्यानलमा समेत वरिष्ठ उपाध्यक्षको उमेद्वारका रुपमा खुलेका टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईलाई अर्याल नेतृत्वको प्यानलले पनि सोही पदमा आफ्नो समूहमा राखेको छ । अर्याल समूहको उम्मेदवारी घोषणा सभामा भने गैरे र भट्टराइ उपस्थित भएनन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा अर्याल नेतृत्वका उम्मेदवारहरुलाई समर्थन गर्दै संघका पूर्व अध्यक्षहरु महेशमान सिंह र खिमबहादुर हमाल उपस्थित भएका थिए ।
कार्यक्रममा समावेसी समूहका अध्यक्ष पदका उम्मेदवार अर्यालले निर्वाचित भएपछि गर्ने प्राथमिक्ता सहितको प्रतिवद्धता पत्र प्रस्तुत गर्दै गौरवशाली इतिहास बोकेको बुटवल उद्योग वाणिज्य संघले नयाँ सोच, कार्यशैली, ब्यवसायमैत्री कार्यक्रम दिने र बुटवललाई पहिलेकै अवस्थामा फर्काएर आर्थिक शहरको रुपमा बिकास गरिने उल्लेख गरे ।

यस्ता छन् समावेसी समूहका प्रतिबद्धता :

१,बुटवल उपमहानगरपालिकासँगको सहकार्य

क, मुख्य बजार क्षेत्रभित्र रहेको पार्किङको समस्यालाई उपमहानगर, वार्ड समिति र टोल विकास संस्थासँग समन्वय गरी समाधान खोज्न प्रयत्न गर्ने ।
ख, बुटबलको घट्दो व्यापारलाई दृष्टिगत गर्दै उपमहानगरपालिकाले लिँदै आएको व्यबसाथ करको दर घटाउन प्रयत्न गर्ने । यसरी घटाउँदा कम हुन आउने रकम उपमहानगरभित्र व्यवसाय करको दायरामा नआएका व्यवसायीलाई करको दायरामा ल्याई नियमित स्रोतको सुनिश्चितताको प्रयत्न गर्ने ।
ग, सहरी सौन्दर्यका लागि बजार क्षेत्र भित्रका कालोपत्रे सडकहरूमा जेब्राक्रसिङ, सडकको सेन्टर लाइनमा एल्लो लाइन लगाई सड़क श्रृङ्गार गराई आकर्षक बनाउन प्रयत्न गर्ने ।
घ, २०७२ को भूकम्प, नाकाबन्दी र कोभिडपछिको विश्व अर्थतन्त्रमा आएको मन्दीका कारण नेपाली अर्थतन्त्र र बजारमा देखिएको सुस्तताका कारण उपमहानगरले लिँदै आएको एकीकृत सम्पत्ति कर र बहाल करको मूल्याङ्कन र दरको मापदण्ड बनाई पुनर्मूल्याङ्कन गराएर समय सापेक्ष बनाउन प्रयत्न गर्ने ।
ङ, सडकमा देखिने छाडा चौपायाको व्यवस्थापनमा सहकार्य गर्ने ।
च, बुटवल उपमहानगर र बुटवल उद्योग वाणिज्य सङ्घ सञ्चालकका रूपमा सहभागी हुने विभिन्न सघसंस्था र शिक्षण संस्थाहरूमा विश्वासिलो सहकार्य गर्ने ।
२. कर तथा राजस्व सम्बन्धमा
क, संघीय सरकार मातहत रहने आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान र भन्सार कार्यलयसँग समन्वय गरी व्यवसायमैत्री वातावरण निर्माण गर्न प्रयत्न गर्ने ।
ख, छोटो दुरी र एउटा निश्चित रकमसम्मको मालवस्तुको खरिद विक्रीमा विलसँगै (भिसिटिएस) गर्नै पर्ने बाध्यात्मक व्यवस्थाको सहजीकरणको तत्काल प्रयत्न गर्ने ।
ग, कर, राजश्व र भन्सारका अधिकृतहरूसँग सङ्घका पदाधिकारी, सदस्य तथा अन्य व्यवसायीको नियमित रुपमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरी सरकारले अवलम्बन गर्ने नयाँ नयाँ नीतिको नियमित रूपमा जानकारी गराउने ।
घ, एक दिन मात्र पनि ढिला हुँदा शतप्रतिशत जरिवाना लिने सरकारी प्रबन्धको संशोधनका लागि पहल र प्रयन गर्ने ।
३. तत्काल मोतीपुर औद्योगिक क्षेत्रको पूर्वाधार विकासका लागि पहल गर्न सम्बन्धित निकायलाई दबाब दिने र उच्च तहको सर्वपक्षीय भेला बोलाउने ।
४. अर्थ मन्त्रालयले अवलम्बन गर्ने कर राजस्व नीति र नेपाल बैंकले हरेक वर्ष जारी गर्ने मौद्रिक नीति साना तथा मझौला व्यवसायमैत्री भए नभएको अध्ययन गरी सुधारको लागि नेपाल उद्योग वाणिज्य महासंघमार्फत प्रयत्न गर्ने ।
५. उद्योग र व्यापार क्षेत्रका विशिष्टीकृत समस्याको पहिचान र निदानका लागि सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवाला व्यवसायी विच नियमित अन्तरक्रियात्मक कार्यक्रम गर्ने ।
६. पछिल्लो तिन वर्ष यताको विमाको दर रेटमा २०० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसलाई विमा प्राधिकरण र अर्थमन्त्रालय विच समन्वय गरी समय सापेक्ष गर्न विशेष पहल गर्ने ।
७. भन्सार कार्यालयहरुबाट रु. १००÷– भन्दा बढीको मालवस्तुको आयातमा लाग्दै आएको भन्सार महशुललाई निरन्तरताको लागि निरन्तर खवरदारी गर्ने ।
८. विद्युतको ३ फेश लाईनको जडानमा हुने झन्झटिलो प्रक्रिया र क्रोनिक बनेको ट्रंक लाईनको समस्यालाई व्यवसायीको पक्षमा हुने गरी सहजीकरण गर्न प्रयत्न गर्ने ।
९. सञ्चालनमा आइसकेको बुटवल–बसन्तपुर केबुलकार र सञ्चालनको संघारमा रहेको बुटवल नुवाकोटको केबुलकार सञ्चालनले नेपालको आन्तरिक पर्यटकीय गन्तव्यको रूपमा बुटवललाई स्थापित गराउन देशभर रहेका जिल्ला नगर उद्योग वाणिज्य संघहरूमार्फत बुटबल जाऔँ अभियान सञ्चालनमा साथ दिन आह्वान गर्ने ।
१०. लुम्बिनी प्रदेशको मुकाम बुटवलबाट राप्ती उपत्यकामा स्थान्तरण भएता पनि प्रदेश सरकारका महत्त्वपूर्ण विभाग तथा निर्देशनालय स्थापना गर्न पहल प्रयत्न गर्ने ।
११. बुटवल बजार क्षेत्रभित्रका व्यवसायीहरूको ढुवानीका कारण उत्पन्न समस्याको सहजीकरण गर्न प्रयत्न गर्ने ।

≪ Previous Post

शेयर सदस्यको आम्दानीमा बृद्धिहुने कार्यक्रमलाई प्राथमिकता सहकारी संस्थालाई सुझाव

Next Post ≫

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क