Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शेयर सदस्यको आम्दानीमा बृद्धिहुने कार्यक्रमलाई प्राथमिकता सहकारी संस्थालाई सुझाव
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शेयर सदस्यको आम्दानीमा बृद्धिहुने कार्यक्रमलाई प्राथमिकता सहकारी संस्थालाई सुझाव

संसारपोस्ट संवाददाता · १२ आश्विन २०८० · 0
शेयर सदस्यको आम्दानीमा बृद्धिहुने कार्यक्रमलाई प्राथमिकता सहकारी संस्थालाई सुझाव
90
SHARES
ShareTweet

बुटवल । बुटवल उपमहानगरपालिका ८ सुख्खानगरमा संचालित कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभामा वोल्नेहरुले सहकारीहरुले शेयर सदस्यलाई केन्द्रमा राखेर उनीहरुको आम्दानीमा बृद्धिहुने कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिएका छन् ।
साधारण सभामा संस्थाका अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीले वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सहकारीको मुल्यमान्यताअनुसार सदस्यको हितमा काम गर्दै आएको बताउनु भयो । उहाँले सामाजिक उत्तरदाईत्व अनुसार सहकारीले जेष्ठ नागरिक सम्मान, ७० वर्ष पुगेकालाई पेन्सन वितरण, सदस्यको मृत्युमा राहात स्वरुप रकम प्रदान गर्दै आएको बताउनु भयो । सहकारीको बचत लगानीलाई परिचालन गरी आम्दानी बृद्धि गर्दै जान संस्था र संचालक समिति गम्भिर रहेको औल्याउनु भयो ।
कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पंगेनीले सहकारीका सदस्यको आम्दानी, सम्मान र संस्कारमा बृद्धि हुने गरी कार्यक्रम अगाडी बढाउन आबश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष डोल प्रसाद अर्यालले सहकारीमा ३ वटा अंग हुने र ती तिनै अंग अति जिम्मेवार हुनुपर्ने धारणा राख्नु भयो । सहकारीको कार्य समिति, लेखा समिति र शेयर सदस्यहरुले सहकारीमा लागेकाहरुको हकहित र अधिकार सुरक्षित गरी उनीहरुलाई बढीभन्दा बढी आम्दानी दिने सवालमा गम्भिर हुन जरुरी रहेको बताउनु भयो ।
साधारण सभामाकोषाध्यक्ष टंक कुमार खडका,को आयव्ययको वार्षिक प्रतिवेदन, लेखा समितिका संयोजकबालुरामगिरीको प्रतिवेदन, शिक्षाउपसमितिका संयोजकहुमबहादुर जिसीको प्रतिवेदनअध्यक्षको वार्षिक प्रतिवेदनव्यापक छलफल सहितपारित भएको सचिव कृष्ण प्रसाद ज्ञवालीले बताउनु भयो ।
संस्थाका जेष्ठ सदस्य एकमाया गुरुङलाई प्रमुख अतिथि बनाईएको कार्यक्रममा उपाध्यक्ष दोलराज पाण्डे, राष्ट्रिय सहकारी बैक बुटवलका प्रबन्धक नारायण वेल्वासे, वडा नम्बर ८ का वडा अधयक्ष यज्ञ प्रसाद पंगेनी, शेयर सदस्य शिबकुमारी विकलगायतले सहकारीले पुराएको योगदानको बारेमा आआफ्ना धारणा राख्नुभएको थियो ।

≪ Previous Post

तिलोत्तमाको जनता माविमा दुई वर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालिम

Next Post ≫

बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क