Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ होटल एशोसिएसन रुपन्देही गठन, उद्योगको मान्यता दिन माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

होटल एशोसिएसन रुपन्देही गठन, उद्योगको मान्यता दिन माग

संसारपोस्ट संवाददाता · ८ आश्विन २०८० · 0
होटल एशोसिएसन रुपन्देही गठन, उद्योगको मान्यता दिन माग
80
SHARES
ShareTweet

बुटवल । रुपन्देहीमा होटेल व्यवसायीहरु मात्रै आवद्ध छुट्टै नयां संस्था गठन भएको छ । जिल्लामा होटेल र रेष्टुंरा मिश्रित आधादर्जन बढी संस्था क्रियाशील भएपनि पर्यटकस्तर र तारे होटलहरु मात्रै आवद्ध जिल्लाव्यापी संस्था नभएकाले विशिष्टीकृत संस्थाको रुपमा काम गर्ने गरी होटल एशोसिएसन अफ रुपन्देही नेपाल गठन भएको हो ।
व्यवसायीहरुको बुटवलमा भएको भेलाले क्लब डेनोभोका सञ्चालक प्रविणबहादुर पाठक अध्यक्ष रहेको होटल एशोसिएसन अफ रुपन्देही नेपाल तदर्थ समिति गठन गरेको हो ।
होटल एशोसिएसन नेपाल (हान) मा आवद्ध हुने गरी गठन भएको एशोसिएसनमा रुपन्देहीका बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, देवदह, सैनामैना र लुम्बिनी सांस्कृतिक गरी ६ वटै नगर र छपिया क्षेत्रका पांचतारे सहित करिब ५० वटा होटेल आवद्ध रहेका छन् । आफ्नै प्रोपर्टी (जग्गा) मा बनेका र अधिकांश एकल लगानीका स्तरीय होटेलहरु मात्रै एशोसिएसनमा आवद्ध रहेका छन् ।
एशोसिएसनको उपाध्यक्ष दिलिप गौचन, महासचिव विकास पाण्डे, कोषाध्यक्ष पदम केसी, सहकोषाध्यक्ष प्रणदा दीक्षित तथा सदस्यहरुमा प्रविण शाक्य, ध्रुव पाण्डे, शोभाखर बन्जाडे र टेकनाथ बस्याल रहेका छन् । एशोसिएसनमा अन्य होटेलहरु पनि थपिने क्रममा रहेका संस्थाले जनाएको छ ।
एशोसिएसनले व्यवसायिक एकता र सहकार्य गर्दै आर्थिक मन्दीको मारमा परेका होटल व्यवसायलाई चलायमान र मर्यादित बनाउने अध्यक्ष पाठकले बताउनु भयो ।
होटेल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिलाउन प्राथमिकताका साथ काम गर्ने पाठकले बताउनु भयो । ‘उद्योगको मान्यता नपाउंदा करोडौंदेखि अर्बौं लगानी भएको व्यवसायले सरकारबाट विद्युत महसुल लगायतका कुरामा सहुलियत र राहत पाउन सकेको छैन’–अध्यक्ष पाठकले भन्नुभयोे–‘सरकारले मुलुकको समृद्धिको आधार पर्यटन भन्ने तर पर्यटकस्तर र तारे होटेलहरुलाई उद्योगको मान्यता दिन पनि कन्जुस्याई गर्नु विडम्वना हो ।’
कोरोना महामारीपछि थला परेको होटेल व्यवसाय आर्थिक मन्दीले थप संकटमा परेको तर सरकारले कुनै राहत दिन नसकेको अध्यक्ष पाठकले गुनासो गर्नुभयो । व्यवसायिक एकता र सहकार्य गर्दै व्यवसायलाई चलायमान र मर्यादित बनाउन सरकारसंग नीतिगत सुधारका लागि पहल गर्ने पाठकले बताउनु भयो ।
सरकारको नीति तथा कार्यक्रम, वजेट निर्माण र पर्यटन सम्बन्धी नीति निर्माणमा होटेल एशोसिएसनको प्रतिनिधित्व अनिवार्य गराउन तीनै तहका सरकारसंग पहल गर्ने एशोसिएसनको मुख्य उद्देश्य रहेको उपाध्यक्ष दिलिप गौचनले बताउनु भयो ।
भेलामा सहभागी संस्थाका सल्लाहकारहरु एवं हानका केन्द्रीय सदस्य गोपाल राना, अग्रज व्यवसायी माधव नेपाल, महेन्द्रनारायण श्रेष्ठ लगायतले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र यथाशीघ्र सञ्चालनमा ल्याउन,बुटवल–नारायणगढ सडक निर्माण छिटो पुरा गराउन सरकारलाई दबाव दिनुपर्ने खांचो औंल्याउनु भयो ।
बुटवल–नारायणगढ सडक निर्माण समयमा पूरा नहुंदा र विमानस्थल पुर्ण क्षमतामा नचल्दा ५० प्रतिशत ब्यापार घटेको व्यवसायीको गुनासो छ ।
रुपन्देहीका ठूला होटेलहरु भारतीयका लागि विवाह–व्रतबन्ध पर्यटन (माइस टुरिज्म) को माध्यम हुन सक्ने भएकाले सरकारले नीतिगत सुधार गर्नुपर्ने व्यवसायीको माग छ ।
भारतीय पर्यटकलाई सीमा नाका, अध्यागमन कार्यालय र नेपाल प्रवेश गरेपछि सडकमा ट्राफिक प्रहरीबाट सम्मानजनक व्यवहारको साटो दुःख दिने काम भएको भन्दै यसलाई रोक्नुपर्ने, भारतीय पर्यटकका गाडीलाई रुपन्देही जिल्लाभर चल्न दिनुपर्ने, भारु २५ हजार मात्र साथमा लिएर हिंड्न पाउने प्रावधान अब्यवहारिक भएकाले सरकार स्तरमा वार्ता गरी सहज बनाउनुपर्ने व्यवसायीको माग रहेको महासचिव विकास पाण्डेले बताउनु भयो ।
अन्तर्राष्ट्रिय हवाई भाडा दरमा नेपाली र विदेशीका बीच ठूलो अन्तर हुंदा विदेशी पर्यटकमा नकारात्मक असर परेकाले विदेशी पर्यटकका लागि हवाई भाडा दर घटाउन एशोसिएसनले पहल गर्ने कोषाध्यक्ष पदम केसीले बताउनु भयो ।

यी हुन् एशोसिएसनमा आवद्ध होटेलहरु :

क्लब डेनोभो, होटेल द फ्लामिंगो, डार्सिज इन्टरनेसनल होटेल, पाल्म इन्टरनेसनल होटेल, होटेल फर्चुन, मणिग्राम विश्राम बाटिका, होटेल न्यू इरा, ड्रिम इन्टरनेसनल होटेल, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, पवन इन्टरनेशनल होटेल, लुम्बिनी प्यालेस रिसोर्ट, द एसआर होटेल, होटेल रोजउड, एशिएन होटेल, होटेल एभिन्यू, एभरेष्ट इन्टरनेसनल होटेल, दर्पण रिसोर्ट, होटेल एरोमा, महाराजा रिसोर्ट, होटेल सिद्धार्थ भिलासा, होटेल पौवा, होटेल न्यू इरा, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, साकिया होटेल, होटेल सनशाइन, होटेल क्रिस्टल, होटेल लिटिल बुद्ध, होटेल टुलिप, होटेल हिडन प्यालेस, होटेल ओजान २४, होटेल सयपत्री, सखिया फिस रिसोर्ट लगायत छन् ।

≪ Previous Post

कालिका बचत तथा ऋण सहकारीमा कपिल आचार्यको अध्यक्षतामा नयां नेतृत्व

Next Post ≫

प्रहरी जवान दीक्षान्त :अपराध नियन्त्रणमा निर्मम् भएर लाग्न प्रहरी नायव महानिरिक्षक जोशीको निर्देशन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क