बुटवल । कालिका बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले कपिल आचार्यको अध्यक्षतामा नयां नेतृत्व चयन गरेको छ ।
सहकारीको वार्षिक साधारण सभामा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै सहकारिका अध्यक्ष चित्रबहादुर बर्माले विभिन्न अरोह अबरोहहरुलाइ छिचोल्दै कति पनि बिचलित नभइ सहकारीलाई बिस्वस्निय बनाएको बताउनु भयो । साथै उहांले हरेक समयमा सबैको सहयोगले संस्थामा नकारात्मक प्रभाव पर्न नदिएर संस्थलाई अझ बलियो बित्तीय संस्थाको रुपमा स्थापित गर्न सफल भएको बताउनु भयो ।
सहकारीका संस्थापक अध्यक्ष तथा सल्लाहकार लोकराज पोख्रेलले २०६१ सालमा स्थापित सहकारीले राम्रो काम गरेको जिकिर गर्नु भयो । पछिल्लो समय विभिन्न सहकारीमा बिस्वस्नियता घटेको सहकारी प्रतिको दृष्टिकोण फरक रहेको भन्दै उहांले कालिका बचत तथा ऋण सहकारी संस्थाले आफ्नो साखलाइ बचाइ राखेको बताउनु भयो ।
साधारण सभामा विभिन्न संस्थागत प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । त्यस्तै कार्यक्रममा जेष्ठ सेयर सदस्य र उत्कृष्ट कर्मचारीहरुलाइ सम्मान गरिएको थियो । बुटवलमा मुख्य कार्यालय रहेको सहकारीले बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिका र देवदह नगरपालिकालाई आफ्नो कार्यक्षेत्र बनाएको छ ।
त्यस्तै अधिबेशनले कपिल आचार्यको अध्यक्षतामा नयां नेतृत्व चयन गरेको छ । समितिको उपाध्यक्षमा विमलराज घिमिरे, सचिवमा सुशिल नेपाल, कोषाध्यक्षमा कमला घिमिरे र सहसचिवमा अर्जुनबहादुर कुवर निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यमा लोक कुमार सारु, माधव प्रसाद ज्ञवाली, रामराज लामिछाने, रमेश कार्की, लिलाधर खनाल, ऋषिकेश भण्डारी, लक्ष्मीदेवी कार्की र पार्वती केसी चयन हुनुभएको छ ।
लेखा समितिको संयोजकमा लक्ष्मीनारायण मरासिनी तथा सदस्यमा गंगा कार्की र लक्ष्मण अर्याल चयन हुनुभएको छ ।