Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शाइन रेसुङ्गाले घडेरी किन्न एक करोडसम्म कर्जा दिने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शाइन रेसुङ्गाले घडेरी किन्न एक करोडसम्म कर्जा दिने

संसारपोस्ट संवाददाता · ८ आश्विन २०८० · 0
शाइन रेसुङ्गाले घडेरी किन्न एक करोडसम्म कर्जा दिने
80
SHARES
ShareTweet

बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले घर बनाउने सपना सांचेका सबैलाई घडेरी किन्न कर्जा दिने गरी ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट लन्च गरेको छ ।
हरेक व्यक्तिको आफ्नै घर बनाउने सपना हुने तर सबैको घडेरी नहुने तथ्यलाई मध्यनजर गरेर बैंकले घडेरी कर्जा ल्याएको बैंकले जनाएको छ ।
घर बनाउने सपना साँचेका सबैलाई घडेरी किन्न कर्जा दिने गरी असोज १ गते लन्च भएको ‘शाइन घडेरी कर्जा’ योजनामा बैंकले एकजनालाई अधिकतम एक करोडसम्म कर्जा दिने भएको छ ।
२० वर्षे अवधिको यो कर्जाको ब्याजदर बेस रेटमा २ प्रतिशत रिस्क प्रिमियम जोडेर लिइने बैंकले जनाएको छ ।
कर्जा चुक्ता नहुन्जेलसम्म रिस्क प्रिमियममा कुनै परिवर्तन नहुने र खरिद गरेको घडेरीमा घर निर्माण गर्दा बैंकले थप कर्जा उपलब्ध गराउने बैंकका कर्जा प्रमुख किरण नेपालले बताउनु भयो ।
सरकारी र गैरसरकारी कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योगी, व्यवसायी र नियमित आम्दानी भएका कुनै पनि पेशासंग सम्बन्धित व्यक्तिहरुलाई लक्षित गरेर ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट ल्याएको कर्जा प्रमुख नेपालले बताउनु भयो ।
नेपालका अनुसार उक्त थप कर्जाको रिस्क प्रिमियम समेत २ प्रतिशतमात्र हुने छ भने यो योजनालाई बैंकले घर बनाउने सपना पूरा गराउने पहिलो पाइला भनेको छ ।
यो कर्जा प्राप्त गर्न थप अचल सम्पति धितो नचाहिने र कर्जा प्राप्तिपछि किनेको घडेरी नै धितो राख्न मिल्ने नेपालले बताए । ‘धेरैजसो बैंकहरुले घर कर्जामामात्र फोकस गरेको सन्दर्भमा हामीले घर बनाउन आफ्नो घडेरी हुनुपर्ने पहिलो शर्तलाई मध्यनजर गरेर ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट ल्याएका हौं’– कर्जा प्रमुख नेपालले भन्नुभयोे– ‘नेपाल सरकारले समेत जग्गाको कित्ताकाट खुला गरेको अवस्थामा यो कर्जा योजनाले धेरै नेपालीले घडेरी किन्न सक्ने र यसले अर्थतन्त्रलाई थप चलायमान बनाउन कोशेढुंगा सावित हुने विश्वास बैंकले लिएको छ ।’
यो कर्जामा रिस्क प्रिमियम न्युन दरमा रहेको र घडेरी किनेपछि घर बनाउन बैंकले कर्जा दिने भएकाले पनि यो कर्जा सबैका लागि बरदान सावित हुने बैंकको विश्वास छ ।
कर्जा योजना सार्वजनिक भएको तीन दिनमै देशभरका शाखाहरुमा कर्जा लिन चाहनेहरुबाट धेरै राम्रो रेस्पोन्स आएको कर्जा प्रमुख नेपालले बताउनु भयो ।
२०६५ साल फागुन ११ गते स्थापना भएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लुम्बिनी प्रदेशमा केन्द्रिय कार्यालय रहेको एकमात्र राष्ट्रियस्तरको विकास बैंक हो । बैंकको पांच वटा प्रदेशका २० जिल्लामा ८८ वटा शाखा सञ्चालनमा रहेका छन् । बैंकले गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेण्ट बैंकको उपाधि जितेको थियो भने हालसालै इमर्जिङ एशिया डेभलपमेण्ट बैंकको उपाधि जितेको छ ।
बैंकले स्थापनाकालदेखि नै इथिकल बैकिङको अभ्यास र आर्थिक सुशासन कायम गर्दै अघि बढेकाले विकास बैंकहरुमा अग्रणी र सेवाग्राहीको रोजाईको बैंक बन्न सफल भएको प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताउनु भयो ।

≪ Previous Post

बसन्तपुरमा २ करोड लगानीमा मनोरन्जन संरचना थपिदै, जीपलाइन सञ्चालन

Next Post ≫

कालिका बचत तथा ऋण सहकारीमा कपिल आचार्यको अध्यक्षतामा नयां नेतृत्व

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क