Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रहरी जवान दीक्षान्त :अपराध नियन्त्रणमा निर्मम् भएर लाग्न प्रहरी नायव महानिरिक्षक जोशीको निर्देशन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रहरी जवान दीक्षान्त :अपराध नियन्त्रणमा निर्मम् भएर लाग्न प्रहरी नायव महानिरिक्षक जोशीको निर्देशन

संसारपोस्ट संवाददाता · ८ आश्विन २०८० · 0
प्रहरी जवान दीक्षान्त :अपराध नियन्त्रणमा निर्मम् भएर लाग्न प्रहरी नायव महानिरिक्षक जोशीको निर्देशन
130
SHARES
ShareTweet

बुटवल । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा प्रहरी जवान आधारभूत तालिम ११२ औ समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । वि.सं. २०७९ साल कार्तिक २० गते वाट शुरु भएको प्रहरी जवान आधारभूत तालिममा ८० जना महिला सहित २ सय ८७ जनालाई लुम्बिनी प्रदेशका प्रहरी नायव महानिरिक्षक उमेशराज जोशीले दिक्षित गर्नुभएको हो ।
सो अवसरमा प्रहरी नायव महानिरिक्षक जोशीले गौरवशालि ईतिहास वोकेको प्रहरी संगठनको नव सदस्यका रुपमा स्वागत गर्दै सक्षम सवल निपूर्ण परिपक्क प्रहरी संगठनको रुपमा देश र जनताको सेवामा नयाँ जोश र जांगरका साथ जान निर्देशन दिनु भयोे ।
प्रहरी नायव महानिरिक्षक जोशीले विधीको शासन, मानवअधिकारको संरक्षण र गणतन्त्रका मुल्यमान्यताको सम्मान गर्दै स्वस्च्छ एबम जनमुखी प्रहरी संगठनको लक्ष्यलाई साकार पार्न र शान्ति तथा अमनचयन कायम राख्न प्रतिवद्ध रहन समेत निर्देशन दिनु भयो । उहाँले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा निर्मम् भएर लाग्न समेत निर्देशन दिनु भयो ।
पछिल्लो समय अपराधका शैलीहरु परिवर्तन हुँदै गएकाले अनुसन्धानको काम थप जटिल र चुनौतिपूर्ण भएको बताउँदै उहाँले सोहीअनुसार प्रहरीले कार्य सम्पादनको शैलीलाई परिमार्जित गरि उत्कृष्टता हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका समादेशक विनोद घिमिरेले प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । उहाँले प्रहरी जवानहरुलाई तालिममा सिकेका सीप र ज्ञानलाई आफ्नो कार्यक्षेत्रमा कुशलतापूर्वक व्यवहारमा उतार्न आग्रह गर्नु भयो ।
सोही अवसरमा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रहरी नायव उपरिक्षक पुष्पराज मल्लले तालिममा सहभागीहरुको वारेमा र तालिममा प्रदान गरिएका विषयका वारेमा प्रकाश पार्नु भएको थियो ।
यसैगरी तालिममा प्रशिक्षको भूमिकामा रही कुशलतापूर्वक कार्य सम्पादन गर्ने प्रहरी निरीक्षक निरवहादुर बानिया, प्रहरी सहायक निरीक्षक सविना भट्टराई, प्रहरी हवल्दार भिम बहादुर दर्लामी तथा प्रहरी जवान हिमाल पुनलाई सम्मान गरिएको थियो ।
प्रहरी जवान आधारभूत तालिममा प्रकाश बैजाली मगर सर्वप्रथम, विनोद आचार्य सर्व द्वित्तीय, सिर्जना थापा सर्व तृतीय, पुजाकुमारी वनीया अध्ययन प्रथम, लालबहादुर रावल कवाज प्रथम, पदम थापा शारीरीक व्यायाम प्रथम, यमलाल विसी चांदवारी प्रथम र भुप्रेन्द्र बि.क. प्रहरी युक्ति कारवाही प्रथम भई पुरष्कृत भएका थिए ।

≪ Previous Post

होटल एशोसिएसन रुपन्देही गठन, उद्योगको मान्यता दिन माग

Next Post ≫

पूर्व प्रधानमन्त्रि नेपालद्वारा लुम्बिनीको भ्रमण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क