Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सोना इट्टा उद्योग : बालश्रम मुक्त घोषणा हुने रुपन्देहीको पहिलो उद्योग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सोना इट्टा उद्योग : बालश्रम मुक्त घोषणा हुने रुपन्देहीको पहिलो उद्योग

संसारपोस्ट संवाददाता · २६ भाद्र २०८० · 0
सोना इट्टा उद्योग : बालश्रम मुक्त घोषणा हुने रुपन्देहीको पहिलो उद्योग
110
SHARES
ShareTweet

सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको सोना इट्टा उद्योगलाई बालश्रम मुक्त घोषणा गरिएको छ । रुपन्देहीमा सञ्चालित ५८ वटा इट्टा उद्योग मध्ये बालश्रम मुक्त घोषणा हुनेमा सोना इट्टा उद्योग पहिलो उद्योग हो ।
बालश्रम मुक्त उद्योग घोषण गर्नका लागि आवश्यक पर्ने सबै मापदण्ड पुुरा गरेपछि सोना इट्टा उद्योगलाई बालश्रम मुक्त घोषणा गरिएको हो ।
उद्योगमा काम गर्ने मजदुरका बालवालिकालाई औपचारिक शिक्षाका लागि बाल विकास केन्द्रको स्थापना, स्कूल जाने उमेरका बालबालिकालाई पढ्नका लागि स्कूल पठाउने र बाल अधिकारको सुनिश्चित गरेपछि सोना इट्टा उद्योगलाई अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलो)को सहयोगमा बालश्रम मुक्त उद्योग घोषणा गरिएको हो ।
मंगलबार उद्योग परिसरमा एक बिशेष कार्यक्रमको आयोजना गरी सोना इट्टा उद्योगलाई बालश्रम मुक्त उद्योग घोषणा गरिएको हो । नेपाल इट्टा उद्योग महासंघका निर्देशक बद्री कार्कीले सबै इट्टा उद्योगहरुलाई बालश्रम मुक्त घोषणा गर्नुपर्ने र बालश्रम मुक्त नभएसम्म उद्योगहरु चलाउन नपाइने उल्लेख गर्नुभयो ।
सोही कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले कुनै पनि क्षेत्रमा बालश्रम गराउन नहुने बताउंदै उद्योगहरुलाई मजदुरमैत्री बनाउन आग्रह गर्नुभयो ।
नेपाल इट्टा व्यवसायी महासंघ रुपन्देहीका अध्यक्ष अजयकुमार गुप्ताले सोना इट्टा उद्योग अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलो)को सहयोगमा बालश्रम मुक्त उद्योग घोषणा हुनु रुपन्देहीका उद्योगीहरुलाई गौरवको विषय भएको भन्दै क्रमश सबै इट्टा उद्योगलाई बालश्रम मुक्त घोषणा गरिने बताउनु भयो ।
अध्यक्ष गुप्ताले उत्पादन भएका इट्टा विक्री नहुंदा इट्टा व्यवसायीले बैंकको व्याजपनि तिर्न नसक्ने अवस्थामा पुगेको गुनासो र्गुभयो ।
सोना इट्टा उद्योगका सञ्चालक विक्रमरत्न बज्रचार्यले उद्योगलाई पूर्णरुपमा बालश्रम मुक्त गर्ने प्रतिवद्धता जनाउंदै सबै श्रमिक र श्रमिक महिलामैत्री उद्योग बनाएर नमुना उद्योगका रुपमा चलाउने प्रतिवद्वता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल इट्टा व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष केपी अबाल, श्रम तथा रोजगार कार्यालय रुपन्देहीका प्रमुख गिरीराज ज्ञवाली, सिद्वार्थनगर नगरपालिकाका पूर्व मेयर हरिप्रसाद अधिकारी, घरेलु उद्योग महासंघका ध्रुव धिताल लगायतले बोल्दै सोना ईट्टा उद्योग बालश्रम मुक्त घोषणा भएकोमा खुशी ब्यक्त गर्दै आर्थिक मन्दीका कारण इट्टा व्यवसायी समस्यामा परेको बताउनुभयो ।
यस अघि लुम्बिनीका इट्टा व्यवसायीले लुम्बिनी प्रदेशका सबै इट्टा उद्योगहरुलाई बालश्रम मुक्त गर्ने प्रतिवद्वता जनाएका थिए । यस्तै रुपन्देहीका ब्यवसायीहरुले पनि जिल्लाका सबै इट्टा उद्योगहरुलाई क्रमस बालश्रम मुक्त घोषणा गर्ने प्रतिवद्वता जनाएका छन् ।

 

≪ Previous Post

बुद्ध टेलिभिजनको १५ औँ वार्षिकोत्सव : आलोचनात्मक चेत नगुमाउन मिडियालाई सुझाव

Next Post ≫

शंकरनगर खानेपानी संस्थाको २५ औं वार्षिक साधारण सभा : नयाँ धारा जडान गर्ने उपभोक्तालाई नि:शुल्क मिटर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क