Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शंकरनगर खानेपानी संस्थाको २५ औं वार्षिक साधारण सभा : नयाँ धारा जडान गर्ने उपभोक्तालाई नि:शुल्क मिटर
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शंकरनगर खानेपानी संस्थाको २५ औं वार्षिक साधारण सभा : नयाँ धारा जडान गर्ने उपभोक्तालाई नि:शुल्क मिटर

संसारपोस्ट संवाददाता · २८ भाद्र २०८० · 0
शंकरनगर खानेपानी संस्थाको २५ औं वार्षिक साधारण सभा : नयाँ धारा जडान गर्ने उपभोक्तालाई नि:शुल्क मिटर
160
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले संस्थाको रजत महोत्सवको अवसरमा उपभोक्ताको सेवा सुविधालाई मध्येनजर गरी १ हजार देखि १४ हजार लिटर (१ देखि १४ युनिट) सम्मको महशुल रु.२० रुपैयाँ कायम गरेको छ ।
यस्तै संस्थाले १५ देखि २१ युनिट सम्म रु. १०२, २२ देखि ३५ युनिट सम्म प्रति युनिट रु. १६, ३६ देखि ५५ युनिट सम्म प्रति युनिट रु. २० र ५५ देखि माथि प्रति युनिट महशुल रु. २५ कायम गरेको छ ।
संस्थाको २५ औं वार्षिक साधारण सभामा वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष झबिन्द्र भण्डारीले यसै आर्थिक वर्ष देखि नयाँ धारा जडान गर्ने उपभोक्तालाई संस्थाले निशुल्क मिटर उपलब्ध गराउने जानकारी गराउनु भयो ।
खानेपानी संस्थाले आर्थिक वर्ष २०७९÷०८० को अन्त्य सम्म आफ्नो सेवा क्षेत्र भित्र ७ हजार ४८३ धारा जडान गरेको छ भने सोही अवधीमा ३२५ वटा नयाँ धारा जडान, २५१ वटा मिटर ठाउंसारी गरेको छ ।
यस्तै दैवी प्रकोप (आगलागी) नियन्त्रणका लागि तिलोत्तमा–३ को कार्यालय अगाडी, शंकरनगर चोक र शान्तिकुञ्ज चोकमा गरी ३ वटा फायर हाईड्रेण्ट जडान गरेको छ भने यस आर्थिक वर्षमा वनबाटिका अगाडी र तिलोत्तमा कलेज अगाडी थप २ वटा फायर हाईड्रेण्ट जडान गरिने अध्यक्ष भण्डारीले बताउनु भयो ।
संस्थाको नवनिर्मित भवनको उत्तर तर्फ पार्क र पानीको फोहोरा निर्माण, सम्पुर्ण पाइपलाइनलाई ब्यवस्थित गर्न थप ३० वटा चेम्बर निर्माण, रजत महोत्सवको अवसरमा शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था रजत स्तम्भ निर्माण गरिने र सामुदायिक विद्यालयलाई दिइदै आएको पानी महशुलको ४० प्रतिसत छुटलाई निरन्तरता दिइएको अध्यक्ष भण्डारीले जानकारी गराउनु भयो । यस्तै तिलोत्तमा ३ र ४ सिमानगरमा रहेका २ वटा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई संस्थामा एकिकरण गर्न पहल गरिने अध्यक्ष भण्डारीले बताउनु भयो ।
साधारण सभामा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी देवी चौधरीले खानेपानी संस्था सामाजिक सेवा गर्ने संस्था भएकाले नागरिकलाई महत्व दिएर आफ्ना गतिविधि संचालन गर्न आग्रह गर्नुभयो । संस्थाले सुरक्षित खानेपानी वितरणमा जोड दिनुपर्ने वताउंदै उपप्रमुख चौधरीले खानेपानी संस्था सरसफाई समेत जोडिएकाले सरसफाईलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । हरेक नागरिकलाई स्वच्छ र सुरक्षित पानी वितरणका लागि प्रत्येक वडा र टोलमा ओभरहेड टंकी निर्माण गर्नुपर्ने वताउनु भयो ।
खानेपानी डिभिजन कार्यालय रुपन्देहीका प्रमुख राजकुमार चौधरीले जलवायु परिवर्तन एवं औद्योगिक प्रदुषणले विश्वमा पानीका मुहान सुक्दै गएका कारण मानवीय जीवन कष्टकर बन्दै गएको बताउनु भयो । नेपालमा पानीको उपलब्धता प्रसस्त रहेपनि नदी, खोला तथा समग्र पानीको उचित व्यवस्थापन नहुँदा पछिल्लो समय देशभरमै पानीको समस्या बढ्दै गएको चौधरीले बताउनु भयो । पानीका स्रोत तथा मुहान बचाउन सबै प्रकृतिको संरक्षणमा लाग्नुपर्ने चौधरीले बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, एमाले नगर अध्यक्ष तामनाथ पाण्डे, माओवादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्मा, राष्ट्रिय जनमोर्चाका दधिराम पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका राधिका पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रुस्तम कंडेल, तिलोत्तमा २ का वडाध्यक्ष डिलबहादुर भट्टराई, खानेपानी संस्थाका संस्थापक अध्यक्ष केशवराज न्यौपाने, निवर्तमान अध्यक्ष हरि प्रसाद तिवारी, शंकरनगर दुर्गादत्त माविका चण्डी पाण्डे, खानेपानी संस्थाका उपाध्यक्ष केशव शर्मा तिवरी, सचिव कमला ज्ञवाली, पार्षदहरु संगिता गौतम अर्याल, ईन्द्रमणि अर्याललगायतले रुपन्देहीमै अब्बल संस्थाको रुपमा स्थापित खानेपानी संस्थाले सुरक्षित पानी वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।
साधारण सभामा संस्थाका कोषाध्यक्ष मित्रलाल न्यौपानेले आर्थिक वर्ष ०८०÷०८१का लागि ३२ करोड ३ लाख ७० हजार ५०५ रुपैयाँको अनुमानित बजेट प्रस्ताव गर्नुभएको छ । साधारण सभाले संस्थाका अध्यक्षको वार्षिक तथा कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

≪ Previous Post

सोना इट्टा उद्योग : बालश्रम मुक्त घोषणा हुने रुपन्देहीको पहिलो उद्योग

Next Post ≫

धारिलो हतियार प्रहार गरि काठमाडौमा एकै परिवारका तीनसहित चार जनाको हत्या

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क