Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ भारतले दियो पाकिस्तानलाई ३५७ रनको लक्ष्य
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भारतले दियो पाकिस्तानलाई ३५७ रनको लक्ष्य

संसारपोस्ट संवाददाता · २५ भाद्र २०८० · 0
भारतले दियो पाकिस्तानलाई ३५७ रनको लक्ष्य
60
SHARES
ShareTweet

काठमाडौं । एसिया कप–२०२३ को सुपर फोरमा भारतले पाकिस्तानलाई ३५७ रनको लक्ष्य दिएको छ ।
श्रीलंकाको आर प्रेमादसा रंगशालामा वर्षाले प्रभावित खेलमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा दुई विकेट गुमाएर ३५६ रनको योगफल खडा ग¥यो ।
भारतका विराट कोहलीले १२२ रन बनाए । कोहलीले ९४ बलमा नौ चौका र तीन छक्का प्रहार गरे । कोहलीलाई क्रिजमा साथ दिएका केएल राहुलले १०६ बलमा १२ चौका र दुई छक्कासहित १११ रन जोडे ।
१२३–२ को अवस्थामा रहँदा यी दुईले अविजित २३५ रनको साझेदारी गर्दै भारतलाई विशाल योगफलसम्म डोहो¥याएका हुन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले तेस्रो विकेटका लागि गरेको यो दोस्रो सबैभन्दा ठूलो साझेदारी हो । यसअघि भारतले केन्याविरुद्ध सन् १९९९ मा तेस्रो विकेटका लागि २३७ रनको साझेदारी गरेको थियो ।
पाकिस्तानविरुद्ध पहिलो विकेटका लागि कप्तान रोहित शर्मा र सुभमन गिलले १२१ रनको शतकीय साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत गरेका थिए ।
सुभमन गिलले १० चौकासहित ५८ रन जोडे । कप्तान रोहितले ४९ बलमा ६ चौका र चार छक्कासहित ५६ रन बनाए ।
बलिङमा भारतविरुद्ध प्रभावहीन बनेको पाकिस्तानबाट साहिनसाह अफ्रिदी र सदाब खानले समान एक विकेट लिए ।
यी दुई टिमबीचको खेल आइतबारका लागि तय भए पनि वर्षाले सम्भव नहुँदा ‘रिजर्भ डे’मा सरेको थियो ।
यसअघि आइतबार भारतले २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो ।

≪ Previous Post

माओवादीका कारण मुलुकमा धर्मनिरपेक्षता आएको भन्ने भ्रममा नपरौं : कांग्रेस नेता सिटौला

Next Post ≫

बुद्ध टेलिभिजनको १५ औँ वार्षिकोत्सव : आलोचनात्मक चेत नगुमाउन मिडियालाई सुझाव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क