Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पाँच करोडको लगानीमा भैरहवामा ‘साँवरिया’ सञ्चालनमा
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाँच करोडको लगानीमा भैरहवामा ‘साँवरिया’ सञ्चालनमा

संसारपोस्ट संवाददाता · २१ भाद्र २०८० · 0
पाँच करोडको लगानीमा भैरहवामा ‘साँवरिया’ सञ्चालनमा
60
SHARES
ShareTweet

भैरहवा । भैरहवामा पाँच करोड रुपैयाँको लगानीमा ‘साँवरिया’ सञ्चालनमा आउँदैछ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ स्थित आवारोडमा ‘एजी कृष्ण फुड प्रोडक्टस प्रा.लि.’को ‘साँवरिया’ ब्राण्ड सञ्चालनमा आउन लागेको बिहीबार पत्रकार सम्मेलन गरी सञ्चालकले जानकारी गराएका छन् ।
‘साँवरिया’ भदौ २४ गते आइतबार उद्घाटन गरिने सञ्चालक अरुण कुमार अग्रवालले जानकारी गराउनु भयो । ‘साँवरिया’ एजी कृष्ण फुड प्रोडक्टस प्रा.लि.को पहिलो व्यवसायिक प्रतिष्ठान भएको उहांले बताउनु भयो ।
भारतलगायत विभिन्न मुलुकबाट बुद्ध जन्मस्थलसँगै लुम्बिनी प्रदेशका विभिन्न आध्यात्मिक धाम घुम्न आउने पर्यटक लक्षित गरेर शुद्ध साकाहारी र जैन परिकार उपलब्ध गराउन ‘एजी कृष्ण फुड प्रोडक्टस प्रा.लि.’ले ‘साँवरिया’ ब्राण्ड प्रस्तुत गरेको अग्रवालले बताउनु भयो । अग्रवालले भन्नुभयो– ‘साँवरियामा गुणस्तरीय मिठाईका साथै विभिन्न प्रकारका खाजाहरु उपलब्ध छन् ।’
अग्रवालका अनुसार आकर्षक सजावट र ग्राहकको सुविधालाई मध्यनजर गरेर सञ्चालनमा ल्याइएको यो व्यवसायिक प्रतिष्ठानमा विभिन्न प्रकारका उच्च गुणस्तरका मिठाई, प्रभातकालीन नास्ता, दिउँसोको खाजा उपलब्ध रहेका छन् । साँवरियामा ग्राहकको चाहनाअनुसार यहाँ दक्षिण भारतीय खाजाकासाथै चिनीयाँ स्वादका परिकार उपलब्ध हुनेछन् ।
‘साँवरिया’मा अरुण अग्रवालसहित कृष्णप्रसाद शर्मा (सानु), ज्ञानेन्द्र कार्की, गौरव दारुका र आदर्श अग्रवालको व्यवसायिक साझेदारी रहेको छ ।
पूर्ण वातानुकूलित साँवरियामा एकैपटक १३० जनालाई सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको अग्रवालले बताउनु भयो । साथै कार्यक्रम हलको समेत सुविधा रहेको छ । यहाँ आउने पाहुनाका लागि नजिकै सानु डिपार्टमेन्टलमा पार्किङ सुविधा समेत रहेको अग्रवालले बताउनु भयो ।
‘साँवरिया’ले आगामी दिनमा पारिवारिक र संघ–संस्थाले आयोजना गर्ने भोजमा क्याटरिङ सुविधा समेत उपलब्ध गराउने छ । यहाँ उपलब्ध सम्पूर्ण मिठाईका परिकारको ‘होम डेलिभरी’ सुविधा पनि थप गरिने पत्रकार सम्मृलनमा संचालक ज्ञानेन्द्र कार्कीले बताउनु भयो । कार्कीका अनुसार शुद्धता, गुणस्तर र सरसफाइलाई प्राथमिकता दिइएको छ । अनुभवी जनशक्तिले तयार गर्ने मिठाईमा शुद्ध घिउको प्रयोग गरिने बताइएको छ । साँवरियामा ५१ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
नाफामुलक भन्दा सेवा भावनाले यसको सुरुवात गरिएकाले आगामी दिनमा सामाजिक सुरक्षा दायित्वमार्फत मुनाफाको निश्चित प्रतिशत रकम सामाजिक कार्यमा खर्च गरिने संचालक अग्रवालले बताउनु भयो । ‘आगामी दिनमा ग्राहकको अपेक्षा र मागअनुसार हाम्रो ब्राण्डलाई मुलुकका विभिन्न सहरमा ‘चेन’का रूपमा विस्तार गरिनेछ,’ अग्रवालले भन्नुभयो ।

≪ Previous Post

रोजगारीबाट फर्केकालाई १०० रुपैयाँ बढी समान आयातको बाहानामा दुःख दिनु गलत : खाँण

Next Post ≫

छोटी भन्सार कार्यालय लुम्बिनीलाई स्तरोन्नी गर्न सांसद घिमिरेको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क