Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोजगारीबाट फर्केकालाई १०० रुपैयाँ बढी समान आयातको बाहानामा दुःख दिनु गलत : खाँण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोजगारीबाट फर्केकालाई १०० रुपैयाँ बढी समान आयातको बाहानामा दुःख दिनु गलत : खाँण

संसारपोस्ट संवाददाता · १७ भाद्र २०८० · 0
रोजगारीबाट फर्केकालाई १०० रुपैयाँ बढी समान आयातको बाहानामा दुःख दिनु गलत : खाँण
130
SHARES
ShareTweet

बुटवल । नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणले भन्सारमा गरेको कडाईले स्थानीय व्यापारमा सुधार आए पनि रोजगारीको लागि गई घर आउनेलाई १०० रुपैयाँ भन्दा बढीको समानको आयातको अर्थ लगाई दुःख दिनु गलत भएको बताउनु भएको छ ।
नेपालीहरुका चाड पर्व नजिकिदै गर्दा रोजगारीको सिलसिलामा विदेशबाट घर फर्कनेको संख्या हरेक वर्ष जस्तै यो वर्ष पनि बढ्दो रहेको र भारत लगायतका तेश्रो मुलुकमा रोजगारीको सिलसिलामा गइ घर फर्कदा घर परिवारका लागि चाहिने सिमित अत्यावश्यक बस्तु ल्याउदा समेत १०० रुपैयाँ भन्दा बढिको माल बस्तु आयातको अर्थ लगाइ राजश्व बढाउने वाहानामा दुःख दिने र असुली गर्नु कदापी पनि स्विकार्य नहुने सभापति खाँणले बताउनु भएको हो ।
‘नेपालको सामाजिक परिवेश र सांस्कृतिक विविधताको कारण चाड पर्वहरु नजिकिदै गर्दा रोजगारीको सिलसिलामा विदेशबाट घर फर्कनेको संख्या हरेक वर्ष जस्तै यो वर्ष पनि बढ्दो छ । नेपालको सन्दर्भमा वैदेशिक रोजगारीमा गएकाहरुबाट पठाएको रेमिटान्स नै अर्थतन्त्रको मेरुदण्ड र विदेशी मुद्रा आर्जनको मुख्य श्रोत बनेको सन्दर्भमा भारत लगायतका तेश्रो मुलुकमा रोजगारीको सिलसिलामा गइ घर फर्कदा घर परिवारका लागि चाहिने सिमित अत्यावश्यक बस्तु ल्याउदा समेत र १०० रुपौयाँ भन्दा बढिको माल बस्तु आयातको अर्थ लगाइ राजश्व बढाउने वाहानामा दुःख दिने र असुली गर्नु कदापी पनि स्विकार्य हुदैन ।’ सभापति खाँणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तीमा बेलहिया लगायतका भन्सार कार्यालयहरुबाट चोरी पैठारी र न्यून विजकिकरणमा अपनाइएको सावधानी र सतर्कताको कारण स्थानीय बजारको ब्यापारमा आएको सुधार र राजश्वको सकारात्मक बढोत्तरीले केही आशा लाग्दो परिस्थितिको संकेत देखा परेकोमा खुशि व्यक्त गरिएको छ ।
‘पछिल्लो केही महिना यता देखि नेपाल भारत सिमामा रहेका बेलहिया लगायतका भन्सार कार्यालयहरुबाट चोरी पैठारी र न्यून विजकिकरणमा अपनाइएको सावधानी र सतर्कताको कारण स्थानीय बजारको ब्यापारमा आएको सुधार र राजश्वको सकारात्मक बढोत्तरीले केही आशा लाग्दो परिस्थितिको संकेत गरेको छ । व्यवसायिक प्रयोजनका लागि हुने चोरी पैठारी र निकासीले स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकुल असर गर्दछ भन्ने तथ्यलाइ मनन गर्दै सरकार र सम्बन्धित निकायबाट भएका प्रयासको स्थानीय सरकार र जनस्तरबाट समेत साथ र समर्थन रहदै आएको छ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

≪ Previous Post

एमाले लुम्बिनी प्रदेश अधिवेशन : सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम, चुनावी प्रक्रिया सुरु

Next Post ≫

पाँच करोडको लगानीमा भैरहवामा ‘साँवरिया’ सञ्चालनमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क