Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ एमाले लुम्बिनी प्रदेश अधिवेशन : सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम, चुनावी प्रक्रिया सुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एमाले लुम्बिनी प्रदेश अधिवेशन : सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम, चुनावी प्रक्रिया सुरु

संसारपोस्ट संवाददाता · १७ भाद्र २०८० · 0
एमाले लुम्बिनी प्रदेश अधिवेशन : सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम, चुनावी प्रक्रिया सुरु
140
SHARES
ShareTweet

बुटवल । एमाले लुम्बिनी प्रदेश अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम हुंदै गएपछि नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ ।
अधिबेशनको बन्द सत्रमा पार्टी अध्यक्ष के पी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गरेर एकताको सन्देश दिन प्रतिनिधिलाई निर्देशन दिएपनि अध्यक्षका दुई आकांक्षीबीच सहमति हुन नसकेपछि निर्वाचनको तयारी संगै सहमतिकालागि छलफल पनि जारी राखिएको छ । सहमतिको प्रयाश संगै निर्वाचन समितिले सोमबार बिहानबाट मतदान गराउने गरी निर्वाचन प्रक्रिया अघि बढाएको छ ।
प्रदेश अध्यक्षका लागि पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरि रिजाल आकांक्षी रहेका छन् । एमाले प्रदेश कमिटीको तदर्थ समिति अध्यक्ष रहेका कँडेल चितवन महाधिवेशनपछि तदर्थ समितिको अध्यक्षमा चुनिएका थिए । अध्यक्षका अर्का आकांक्षी हरि रिजाल चितवन महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका थिए ।
बन्द सत्रको अध्यक्ष मण्डलले प्रदेशमा प्रतिनिधित्व गर्न जिल्लागत संख्याको कोटा निर्धारण गरिदिएको छ । त्यसकै सीमाभित्र रहेर जिल्लामै छलफल गरी प्रदेश कमिटीमा जान इच्छुक प्रतिनिधि टुंगो लगाउने प्रयास पनि जारी छ । त्यसपछि नेतृत्व छनोटको छलफललाई सहज बनाउने गरी अध्यक्ष मण्डलले जिल्लाहरुलाई कोटा तोकिदिएको हो ।
जिल्लागत छलफलसँगै अध्यक्षका आकांक्षीहरुले भने आआफ्नो प्यानल बनाउन थालेका छन् । एमालेभित्र लुम्बिनी प्रदेशमा नयाँ गुट जन्मिएपछि अधिबेशनमा सहभागि धेरै प्रतिनिधि अन्योलमा परेका छन् । प्रदेश कमिटीमा जान इच्छुकलाई दुवै पक्षले आ–आफ्नो पक्षमा तान्ने प्रयास जारी छ ।
केन्द्रीय सदस्य छाडेर प्रदेश अध्यक्ष लड्ने तयारी गरिरहेका प्यूठानका रिजालले आफ्नो प्यानलबाट उपाध्यक्षमा पाल्पाका नारायण आचार्य, सचिवमा रुपन्देहीका विश्वराज बराल (अनुप) र उपसचिवमा बाँकेका रत्न खत्रीलाई अघि सारेको बताइएको छ ।
त्यस्तै वर्तमान अध्यक्ष कँडेलले उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, सचिवमा दाङका लक्ष्मण आचार्य र उपसचिवमा रोल्पाका पूर्ण बुढामगरलाई अघि सारेका छन् । यद्यपि दुवै समूहबाट आकांक्षी धेरै भएका कारण अहिले चर्चामा रहेका नाम फेरबदल हुन सक्ने र दुवै तर्फकाले गुट पनि परिवर्तन गर्न सक्ने सम्भावना समेत रहेको छ ।

≪ Previous Post

एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन आजदेखि : पार्टी अध्यक्ष ओलीले उद्घाटन गर्ने

Next Post ≫

रोजगारीबाट फर्केकालाई १०० रुपैयाँ बढी समान आयातको बाहानामा दुःख दिनु गलत : खाँण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क