Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन आजदेखि : पार्टी अध्यक्ष ओलीले उद्घाटन गर्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन आजदेखि : पार्टी अध्यक्ष ओलीले उद्घाटन गर्ने

संसारपोस्ट संवाददाता · १६ भाद्र २०८० · 0
एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन आजदेखि : पार्टी अध्यक्ष ओलीले उद्घाटन गर्ने
120
SHARES
ShareTweet

बुटवल । नेकपा (एमाले) को प्रथम लुम्विनी प्रदेश अधिवेशन आजदेखि बुटवलमा शुरु हुँदै छ । अधिवेशन उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओलीसहित शिर्ष नेताहरु आज बुटवल आउँदै छन् । मुलुक संघीयतामा गएसँगै तयार भएको संरचनात्मक संगठन अनुसार पहिलो पटक हुन लागेको लुम्बिनी प्रदेश अधिवेशनलाई चासोका साथ हेरिएको छ ।
आज पहिलो दिन उद्घाटनसत्र र भोलि आइतबारदेखि बन्दसत्र सुरु हुने अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा हुने उद्घाटनसत्र र त्यसपछि सभाहलभित्र हुने बन्दसत्रले नेतृत्व चयन गर्ने छ ।
यो वर्षलाई अधिवेशन वर्षको रुपमा घोषणा गरेको एमालेले यस लगत्तै अन्य प्रदेशहरुमा पनि अधिवेशनको तयारी अघि बढाएको छ ।
सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो साढे १२ बजे गर्ने कार्यक्रम छ । अधिबेशन उद्घाटन सत्रमा पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेशका इन्चार्ज पदमा अर्यालका साथै पोलिटब्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहने एमाले लुम्बिनी प्रदेशका अध्यक्ष तथा अधिवेशन प्रतिनिधि राधाकृष्ण कंडेलले जानकारी दिनुभयो ।
सम्मेलन पूर्व विहान १० बजेदेखि बुटवलका १९ वटै वडाहरु, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराबाट जुलुस तथा झाँकीसहित सम्मेलनस्थलमा प्रवेश गर्नेछन् । सम्मेलनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी १००४ प्रतिनिधिहरु सहभागी हुने छन् ।
अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ । सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दांङबाट १३१, बाँकबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि छनोट भएका एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले बताउनुभयो ।

≪ Previous Post

आजदेखि माओवादी केन्द्रको ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान

Next Post ≫

एमाले लुम्बिनी प्रदेश अधिवेशन : सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम, चुनावी प्रक्रिया सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क