भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लुम्बिनीबाट काठमाण्डौ जांदै गरेको बसबाट बिभिन्न प्रजातीका काठका माला बरामद गरेको छ ।
यही भदौ ११ गते सांझ ७ बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मायाँदेवी गाउँपालिका वडा नं. ६ बेथरीबाट ३७ सय ४२ पिस (५ बोरा) माला बरामद गरेको हो । प्रहरी टोलीले लुम्बिनी बाट काठमाण्डौ तर्फ जादै गरेको लु २ ख २१२० नं. को बसमा बाँया साईडको डिक्कीमा अबैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा माला बरामद गरेको हो ।
प्रहरीले मालासहित वस चालक लुम्बिनी सांस्कृति नगरपालिका वडा नं. ९ बस्ने बर्ष ३८ को हरिराम हरिजन, मालाको कारोबारी लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १ बस्ने बर्ष २९ को धिरज कुमार कुर्मीलाई आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय भैरहवा रुपन्देहीमा पठाएको छ ।

