बुटवल । पछिल्लो समय व्याडमिन्टन खेल खेलाडीहरुको रोजाईको खेल बन्दै गएको छ । शारीरिक तन्दुरुस्तिका लागि खेलिने यो खेलप्रति सबैको रुचि र आकर्षण पनि बढ्दै गएको छ ।
ब्याडमिण्टन खेलको समग्र बिकास गर्ने उद्देश्यले यस खेलप्रति लागेकाहरु विभिन्न क्लव र ब्याडमिण्टन संघमा पनि आवद्द भएका छन् ।
लुम्बिनी प्रदेसमा पनि ब्याडमिण्टन खेलको बिकास र यस क्षेत्रका खेलाडीहरुलाइ एकसुत्रमा बाध्ने उद्देश्यले नेपाल ब्याडमिण्टन संघ लुम्बिनी प्रदेस तदर्थ समिति गठन गरिएको छ ।
नेपाल ब्याडमिण्टन संघमा आवद्द भएका लुम्बिनी प्रदेशका रुपन्देही, कपिलबस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची र दाङ जिल्लाका अध्यक्ष र सचिवहरुको भैरहवामा भएको भेलाले रुपन्देहीका महेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
तदर्थ समितिको सदस्यहरुमा दीप आचार्य, बोनिन पिया, सन्दिप श्रेष्ठ, राजकुमार पोख्रेल, त्रीबिक्रम जोशी, नवराज श्रेष्ठ, शुरेस श्रेष्ठ, भास्कर मजगैया, शैलेन्द्र बहादुर बज्राचार्य, शकुन्तला भुसाल अधिकारी, हरी वली, दिनेश हमाल र राम थापा रहेका छन ।
भेलामा तदर्थ समितिका अध्यक्ष तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै नेपाल ब्याडमिण्टन संघका केन्द्रीय अध्यक्ष रामजी बहादुर श्रेष्ठले निजि क्षेत्रले खेलाडी र खेल क्षेत्रको बिकासका लागि ठूलो लगानी गरेको भएपनि ब्याडमिण्टन तथा अन्य खेल र खेलाडीको बिकासका लागि सरकारले खासै सहयोग नगरेको गुनासो गर्नु भयो ।
लुम्बिनी प्रदेस खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराईले ब्याडमिन्टन खेल विश्व प्रसिद्ध खेल मध्ये एक भएपनि यो खेलको बिकासका लागि राज्यको लगानी र विशेष ध्यान पुग्न जरुरी रहेको बताउनु भयो ।
भेलामा नेपाल ब्याडमिण्टन संघका पूर्व केन्द्रीय उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, केन्द्रीय सदस्यहरु बिरेन्द्र श्रेष्ठ, नविन बिक्रम शाह, राजु थापा, तिलक पान्डेलगायतले लुम्बिनी प्रदेस तदर्थ समितिले ब्याडमिण्टन खेलको बिकासमा टेवा पुर्याउने बिस्वास ब्यक्त गर्नु भयो ।
भेलाले ब्याडमिण्टन एशिया, साउथ एशिया मिक्स डवल खेलमा काश्य पदक प्राप्त गर्ने अभय महरा र रजत पदक प्राप्त गर्ने सुविन श्रेष्ठलाई बधाइ ज्ञापन सहित थप प्रगतिको कामना गरेको ब्याडमिण्टन संघका रुपन्देही महासचिव दीप आचार्यले बताउनु भयो ।
नेपालमा ब्याडमिन्टन वि.स.१९८९ देखिनै खेल्न थालिएको भएपनि वि.स.२००८ सालमा मात्र नेपाल ब्याडमिन्टन संघ स्थापना भएको थियो । नेपालमा व्याडमिन्टन खेलको इतिहास लामो भएपनि यस खेलको विकासमा राज्यले सोचेजस्तो विकास गर्न नसकेको खेलाडी र यस खेलको विकासमा लागेकाहरु बताउछन् ।