Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ संसद अवरोधको मुख्य कारक सरकार र गठबन्धन : एमाले सचेतक बर्तौला
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संसद अवरोधको मुख्य कारक सरकार र गठबन्धन : एमाले सचेतक बर्तौला

संसारपोस्ट संवाददाता · २ भाद्र २०८० · 0
संसद अवरोधको मुख्य कारक सरकार र गठबन्धन : एमाले सचेतक बर्तौला
110
SHARES
ShareTweet

बुटवल । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद अवरोधको मुख्य कारक सरकार र गठबन्धन भएको बताउनुभएको छ ।
प्रेस चौतारी रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै सचेतक बर्तौलाले जनताबाट चुनिएका सांसदहरुले संसदमा आफ्ना मागहरु राख्दा प्रतिपक्षले संसद अवरोध गर्यो भनेर सरकार र गठबन्धनले भ्रम फैलाएको टिप्पणि गर्नुभयो । संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गरेर गैरजिम्मेवार बन्न नमिल्ने भन्दै बर्तौलाले संसद खुलाउने जिम्मेवारी र दायित्व सरकारको हुने बताउनु भयो ।
सचेतक बर्तौलाले सुन तस्करी, ललिता निवास, भुटानी शरणार्थी, गौर हत्याकाण्ड लगायतका प्रकरणहरुमा प्रधानमन्त्रीले सत्ता साझेदार दलका नेताहरुलाई पालैपालो फाइल खोल्छु भनेर धम्काएर सत्ताको आयू लम्बाउने काम गरिरहेको आरोप लगाउनुभयो । प्रधानमन्त्री प्रचण्डले छानविनको नाममा सत्ताको आयु लम्ब्याईरहेको उहांको आरोप छ ।
‘प्रधानमन्त्रीले फाइल खोल्छु भन्दै स्टन्ट गरेर शेरबहादुर देउवा, माधव नेपाल, उपेन्द्र यादव र बाबुराम भट्टराईसम्मलाई धम्काउंदै अघि बढ्नुभएको छ, बर्तौलाले भन्नुभयोे–‘सत्ताको आयू लम्बाउन पुर्वाग्रह सांधेर स्टन्ट गर्ने र धम्काउने हैन, सबै फाइल खोलेर निष्पक्ष छानवीन गर्न एमालेको चुनौति छ ।’
‘प्रतिपक्षी दलले उठाएका मागहरुमा सरकार जवाफदेही र जिम्मेवार हुनैपर्छ तर सरकार संविधानले नचिनेको गठबन्धनलाई अघि सारेर प्रतिपक्षका माग पूरा गर्न सकिन्न भनेर दादागिरी गरिरहेको छ’–बर्तौलाले भन्नुभयोे–‘सरकारले संविधान, संसदीय मुल्यमान्यतामाथि लज्जास्पद आक्रमण गरिरहेको छ । यसै कारण संसद अवरोध हुन पुगेको हो, तर प्रतिपक्षले संसद अवरोध गरेको भ्रम फैलाएको छ ।’
संसदमा प्रतिपक्षको विशेष अधिकार हुने तर प्रतिपक्षी दलका सांसदहरु बोल्दा सत्ता पक्षले दादागिरी गरेर संसदीय मुल्य मान्यताको धज्जी उडाएको बर्तौलाले आरोप लगाउनुभयो ।

≪ Previous Post

गुल्मी मुसीकोट–१ का वडाध्यक्ष घिमिरे मृत भेटिए

Next Post ≫

प्रथम लुम्बिनी मिडिया सम्मेलन : १३ बुँदे बसन्तपुर घोषणापत्र जारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क