बुटवल । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।
फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरीका अनुसार पौदिअमराइको मजबाङ्ग झाक्रीका खोर भन्ने स्थानको मोटरबाटो नजिकै दबदबेको रुखमा हातखुट्टा भाचिदा लगाइने पट्टिको पासो लगाई झुण्डिएको अवस्थामा घिमिरे फेला परेका थिए । घिमिरेको फेसबुक स्टाटसमा लेखिएको हेर्दा उनी कुन परिस्थितिको चपेटामा परेर यस्तो निर्णयमा पुगे भन्ने कुरा सबैको चासो र चिन्ताको विषय बनेको छ ।
घिमिरेको घरमा बुवा, श्रीमति , १० वर्षिया छोरी छन् । घिमिरे गत स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसबाट बिजयी वडाध्यक्ष र सो पार्टीको नगर कार्य समिति सभापती समेत हुन् ।
घिमिरेले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्–‘परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन । मलाई माफ गरे । घर परिवार, साथिभाई शुभ चिन्तक सबै संग माफी चाहान्छु । अल बिदा ।
