Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रथम लुम्बिनी मिडिया सम्मेलन : १३ बुँदे बसन्तपुर घोषणापत्र जारी
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

प्रथम लुम्बिनी मिडिया सम्मेलन : १३ बुँदे बसन्तपुर घोषणापत्र जारी

संसारपोस्ट संवाददाता · २ भाद्र २०८० · 0
प्रथम लुम्बिनी मिडिया सम्मेलन : १३ बुँदे बसन्तपुर घोषणापत्र जारी
100
SHARES
ShareTweet

बुटवल । प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको आयोजनामा भएको पहिलो मिडिया सम्मेलन १३ बुँदे घोषणपत्र सार्वजनिक गर्दै शनिबार सम्पन्न भएको छ । भदौ १ बुटवलमा सुरु भएको मिडिया सम्मेलन २०८०, १३ बुंदे बसन्तपुर घोषणापत्र जारी जारी गर्दै सम्पन्न भएको हो ।
लुम्बिनी प्रदेश भित्रका झण्डै दुईसय मिडियाका सञ्चालकहरुको सहभागितामा भएको सम्मेलनले लुम्बिनी केबलकारको टप स्टेशन पाल्पाको तिनाउ गाउँपालिका ३ बसन्तपुरबाट १३ बुंदे बसन्तपुर घोषणा पत्र २०८० सार्वजनिक गरेको छ । घोषणापत्रमा समानुपातिक विज्ञापन वितरण प्रणालीलाई नीतिगत रुपमा व्यवस्था गरी कार्यान्वयन गर्न र मिडिया हाउसहरुमा हाल देखिएको आर्थिक संकट समाधानका लागि तीनै तहका सरकारहरुले मिडिया सवलीकरणका कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ ।
घोषणापत्रमा तीनै तहका सरकारले प्रदान गर्ने विज्ञापनको समानुपातिक वितरण प्रणालीका आधारमा रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइनलाई दिइने विज्ञापनहरु सिधै सञ्चारगृहलाई उपलव्ध गराउने व्यवस्था मिलाउन माग गरिएको छ ।
सरकारले संचार गृहलाई दिंदै आएको लोककल्याणकारी विज्ञापनको रकम शतप्रतिशत बृद्धि गर्न, रेडियोहरु र टेलिभिजनको लाइसेन्स नविकरण व्यवस्थालाई सरल र सहज बनाउन, दर्ता विना कतिपय मिडिया सञ्चालन भएकाले यसको अनुगमन गरी दर्ता प्रक्रिया र कानूनी दायरामा ल्याउन, संघीय शासन पद्धतिको मर्मलाई समेत ध्यानमा राखेर प्रेस पास वितरण, लोककल्याणकारी विज्ञापन सम्बन्धी निर्णय, भुक्तानी, वर्गीकरण र अनुगमन जिल्लास्तरमै हुनेगरी संयन्त्र तयार गर्न माग गरिएको छ ।
प्रेस काउन्सिल नेपालले मिडिया विकास कोषमार्फत प्रादेशिक र स्थानीय मिडियाको विकासमा लगानी गर्न, मिडिया उपकरण खरिदमा व्याज अनुदान दिने व्यवस्थालाई अझ प्रभावकारी बनाएर मोफसलका मिडियालाई बिषेश प्राथमिकताका साथ सहयोग गर्न माग गरिएको छ ।
सम्मेलनले तीनमहिना भित्र गुल्मीमा प्रथम अधिवेशन गर्ने निर्णय गरेको संघका अध्यक्ष नवराज कुँवरले जानकारी गराउनु भयो ।
घोषणा पत्र तयारी समितिका संयोजक जगदिश भट्टराइले घोषणा पत्र वाचन गर्नुभएको थियो ।

 बसन्तपुर घोषणापत्रका बुंदाहरु :

१) लुम्बिनी प्रदेशमा मिडिया हाउसहरुको संख्या उल्लेख्य छन् । मिडिया हाउसमा लुम्बिनी प्रदेश भित्र हजारौ संख्यामा सञ्चारकर्मी सहित विभिन्न पदमा कार्यरत जनशिक्त  छन् । मिडिया हाउसहरुलाई कोरोना कहरसंगै सरकारी क्षेत्रको नीतिगत अस्पस्टताको कारणले मिडिया उद्योगले सोचे अनुसारको सामाजिक उत्तरदायित्व बहन गर्न सकेका छैनन् । त्यसैले सरकारी र नीजि क्षेत्रले मिडिया हाउसलाई सहयात्रीको रुपमा सहकार्य गर्ने वातावरण वनाउँन सम्मेलन माग गर्दछ ।

२) मिडिया हाउस आर्थिक रुपले सवल र सक्षम हुन नसकेकाले सोचे अनुसारको मिडियाको सामग्री उत्पादन र मिडियाकर्मीलाई परिश्रमिक उपलब्ध गराउन कठिन भएको छ । त्यसैले मिडियालाई सबल बनाउन आर्थिक पक्ष बलियो हुनुपर्दछ । मिडिया हाउसहरुको मुख्य आम्दानीको स्रोत विज्ञापन बजार हो । यसलाई व्यवस्थित गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसंगै उद्योग, व्यवसाय र अन्य निकायहरुले मिडिया हाउसलाई सवलिकरण र सामाजिक जवाफदेहीता अभिबृद्धिमा लाग्न प्रोत्साहन गर्न र समानुपातिक विज्ञापन वितरण  प्रणालीलाई नीतिगत रुपमा व्यवस्था गरी कार्यान्वयन गर्न यो सम्मेलन माग गर्दछ ।

३) मिडिया हाउस सक्षम र सवल भएको खण्डमा मात्र श्रमजीवी पत्रकार ऐनको व्यवहारिक कार्यान्वयन गर्न सकिने भएकाले सम्मेलन मार्फत यस बिषयमा सबैपक्ष गम्भिर हुनुपर्ने र हाल देखिएको आर्थिक संकट समाधानका लागि तीनै तहका सरकारहरुले मिडिया सवलीकारणका कार्यक्रम सञ्चालन गर्न यो सम्मेलन माग गर्दछ ।

४) तीनै तहका सरकारले प्रदान गर्ने विज्ञापनको समानुपातिक वितरण प्रणालीका आधारमा रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइनलाई दिइने विज्ञापनहरु सिधै सञ्चारगृहलाई उपलव्ध गराउने व्यवस्था मिलाउन यो सम्मेलन माग गर्दछ ।

५) सरकारले लिदै आएको विद्युतीय सञ्चार माध्यमको नविकरण दस्तुर र रोयल्टी दस्तुरहरु पूर्ण छुटको व्यवस्था गर्न र रेडियो, टेलिभिजन, अनलाईन, छापामाध्यमहरु तथा सञ्चार उद्योगहरुको विद्युत महशुलमा छुटको व्यवस्था अविलम्व शुरु गर्न यो सम्मेलन जोरदार माग गर्दछ ।

६) नीजि क्षेत्रलाई ‘विज्ञापन, व्यवसाय प्रवद्र्धनमा गरिएको लगानी हो, यसको प्रतिफल तत्काल भन्दामा पनि दीर्घकालीन हुन्छ’ भन्ने बुझाईलाई व्यापक बनाउन मिडिया उद्योगले सहयोग गर्ने र मिडिया उद्योगको प्रर्वद्धनमा सहकार्यका लागी नीजि क्षेत्रलाई अभिपे्ररित गर्न आवश्यक वातावरण वनाउँन यो सम्मेलन माग गर्दछ ।

७) सरकारले संचार गृहलाई दिंदै आएको लोककल्याणकारी विज्ञापनको रकम शतप्रतिशत बृद्धि गर्न, यो सम्मेलन माग गर्दछ ।

८) रेडियोहरु र टेलिभिजनको लाइसेन्स नविकरण व्यवस्थालाई सरल र सहज बनाउनुपर्ने यो सम्मेलन माग गर्दछ । साथै दर्ता विना कतिपय मिडिया सञ्चालन भएकाले यसको अनुगमन गरी दर्ता प्रक्रिया र कानूनी दायरामा ल्याउन समेत जोडदार माग गर्दछौ ।

९) संघीय शासन पद्धतिको मर्मलाई समेत ध्यानमा राखेर प्रेस पास वितरण, लोककल्याणकारी विज्ञापन सम्बन्धी निर्णय, भुक्तानी, वर्गीकरण र अनुगमन जिल्लास्तरमै हुनेगरी संयन्त्र तयार गर्न यो सम्मेलन माग गर्दछ ।

१०) प्रेस काउन्सिल नेपालले मिडिया विकास कोषमार्फत प्रादेशिक र स्थानीय मिडियाको विकासमा लगानी गर्न, मिडिया उपकरण खरिदमा व्याजअनुदान दिने व्यवस्थालाई अझ प्रभावकारी बनाएर मोफसलका मिडियालाई बिषेश प्राथमिकताका साथ सहयोग गर्न सम्मेलन प्रेस काउन्सिल नेपाल समक्ष अनुरोध गर्ने घोषणा गर्दछ ।

११) बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वको शान्ति शहरका रुपमा विकास गर्न सरकारसंग यो सम्मेलन माग गर्दछ ।

१२) लुम्बिनी प्रदेशको पर्यटन प्रर्वद्धनका लागी लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धनका लागी बुटवल र पाल्पालाई जोड्ने गरी लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकार सञ्चालन भएकाले यसको बजार प्रवद्र्धनमा प्रदेशका सबै सञ्चारमाध्यमले सकारात्मक सहयोग गर्ने  र नीजि क्षेत्रलाई प्रदेशस्तरमा अन्य पर्यटकीय पूर्वाधार विकासका लागि थप लगानीको वातावरण सिर्जना गर्न सरकारसंग यो सम्मेलन माग गर्दछ ।

१३) यो सम्मेलन सफल पार्न सहयोग पु¥याउने प्रदेश सरकार, स्थानीय सरकारहरु, नीजिक्षेत्र र विभिन्न संघ संस्थाप्रति हार्दिक आभार व्यक्त गदै अगामी दिनमा यस्तै सहकार्य रहिरने विश्वास व्यक्त गर्दछौ ।

अन्त्यमा, प्रदेशका मिडिया हाउसहरुको सवलिकरणमा तीनै तहका सरकारहरु र नीजिक्षेत्रसंग सहकार्य गर्न प्रकाशन तथा प्रशारण संघ, लुम्बिनी सदैब तयार रहेकाले मिडिया हाउसको विकासले प्रदेशको संमृद्धि र विकासमा सहयोग पुग्ने अपेक्षा गर्दछौ ।

     संयोजक : जगदीश भट्टराई                                                                                                   अध्यक्ष : नवराज कुंवर

                                       वसन्तपुर घोषणा पत्र तयारी समिति 

                                      प्रकाशन तथा प्रशारणि संघ, लुम्बिनी

≪ Previous Post

संसद अवरोधको मुख्य कारक सरकार र गठबन्धन : एमाले सचेतक बर्तौला

Next Post ≫

बुटवल उपमहानगरको लोगो निर्माण गर्न सार्वजनिक आह्वान : उत्कृष्ट लोगो बनाउनेलाई २५ हजार पुरस्कार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क