Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ एमाले लुम्बिनी प्रदेश प्रथम अधिवेशन भदौ १६ र १७, तयारी तिब्र
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एमाले लुम्बिनी प्रदेश प्रथम अधिवेशन भदौ १६ र १७, तयारी तिब्र

संसारपोस्ट संवाददाता · ३१ श्रावण २०८० · 0
एमाले लुम्बिनी प्रदेश प्रथम अधिवेशन भदौ १६ र १७, तयारी तिब्र
110
SHARES
ShareTweet

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि तयारी तिव्र पारिएको छ । लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी भदौ १६ र १७ गते बुटवल १० रामनगरस्थित बुटवल अन्तर्रास्ट्रिय सभाहलमा हुँदै छ । प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलका अनुसार नियमित जसो बसिरहने विभिन्न समितिहरुका बैठकले अधिवेशनको तयारीका कामहरु गरिरहेका छन् ।
अधिबेशन तयारीकै क्रममा बुधबार प्रचार समितिको बैठक बसि प्रचार–प्रसारबारे छलफल गरेको छ ।
प्रदेश अध्यक्ष कंडेलको प्रमुख आतिथ्यतामा बसेको बैठकमा अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्ने बिषयमा छलफल गरिएको प्रदेश प्रचार बिभाग प्रमुख डिआर घिमिरेले जानकारी दिनुभयो ।
कुल ८२ हजार ३ सय ३ पार्टी सदस्य रहेको एमाले लुम्बिनीमा अधिवेशनका लागि १ हजार भन्दा बढी प्रतिनिधि छनोट हुने छन् । प्रदेशका १ सय ९ वटै पालिकाबाट भदौ ९ गते एकैपटक प्रतिनिधि छनोट गरिने प्रदेश अध्यक्ष कंडेलले जानकारी दिनुभयो ।
खुल्लातर्फ १ सय जना पार्टी सदस्य बराबर १ जना, दलिततर्फ ७५ जना सदस्य बराबर १ जना, जनसंगठनतर्फ प्रदेशबाट महासंघलाई ५ जना र अन्यबाट ३ जना तथा एक तिहाई महिला अनिवार्य हुनेगरी प्रतिनिधि छनोटको लागि मापदण्ड तय गरिएको उहांले बताउनु भयो ।

≪ Previous Post

जङ्गली च्याउ खाएर पश्चिम नवलपरासीमा एकै परिवारका ४ बालबालिका बिरामी

Next Post ≫

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बुटवलमा विद्यार्थीको प्रदर्शन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क