Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग वाणिज्य संघमा व्यवसाय विकास सेवा केन्द्र स्थापना हुने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग वाणिज्य संघमा व्यवसाय विकास सेवा केन्द्र स्थापना हुने

संसारपोस्ट संवाददाता · २२ श्रावण २०८० · 0
बुटवल उद्योग वाणिज्य संघमा व्यवसाय विकास सेवा केन्द्र स्थापना हुने
100
SHARES
ShareTweet

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा व्यवसाय विकास सेवा केन्द्र स्थापना हुने भएको छ । उद्यमशिलता विकासको लागि साना तथा मझौला उद्योगी व्यवसायीलाई आईपर्ने समस्या, नवउद्यमशिलता विकासमा सहजिकरण लगायतका उद्यमीका समस्या समाधामा सहजिकरण गर्नको लागि व्यवसाय विकास सेवा केन्द्र स्थापना गर्न लागिएको हो ।
अन्तरप्रेरणा, आध्यान्त र वल्र्ड स्टार्टअपले संयुक्त रुपमा सञ्चालन गरेको रुफ अफ द वल्र्ड परियोजना अन्तरगत बुटवलमा व्यवसाय विकास सेवा केन्द्र सञ्चालन गर्न लागिएको रुफ अफ द वल्र्ड परियोजनाकी परियोजना व्यवस्थापक रक्षा चालिसेले जानकारी गराउनु भयो ।
यो परियोजना अन्तरगत बुटवलमा व्यवसाय विकास सेवा केन्द्र तीन वर्षसम्म चल्नेछ । परियोजना सञ्चालन गर्ने विषयमा बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी वाणिज्य क्याम्पसको सहकार्यमा अन्तरप्रेरणाको आयोजनामा सोमबारदेखि दुई दिने रणनीतिक योजना निर्माण कार्यशाला सुरु भएको छ ।
कार्यशालामा अन्तरप्रेरणाका कन्सल्ट्यान्ट डा. रामजी न्यौपानेले सहजिकरण गर्नुभएको छ । नेपाली उत्पादन निर्यातमा भएका समस्या, आन्तरिक बजारको अवस्था, व्यवसाय विकास सेवा केन्द्रबाट दिन सकिने सेवाहरु लगायतका विषयमा छलफल गरिएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी गराउनु भयो । कार्यशालाले तीन वर्षे कार्यक्रमको कार्ययोजना निर्माण गरेर भोली मंगलबार सकिने बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी गराउनु भयो ।

≪ Previous Post

लुम्बिनी सरकारको १०० दिन : दुई लाख महिला र युवालाई रोजगारी दिने घोषणा

Next Post ≫

महिला कर्मचारीमाथि बलात्कारको प्रयास गर्ने स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क