Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सिद्धार्थनगरले बृद्धि गरेको एकीकृत सम्पत्ति कर सच्च्याउन नागरिक अभियानको माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिद्धार्थनगरले बृद्धि गरेको एकीकृत सम्पत्ति कर सच्च्याउन नागरिक अभियानको माग

संसारपोस्ट संवाददाता · २१ श्रावण २०८० · 0
सिद्धार्थनगरले बृद्धि गरेको एकीकृत सम्पत्ति कर सच्च्याउन नागरिक अभियानको माग
100
SHARES
ShareTweet

भैरहवा । सिद्धार्थनगर नगरपालिकाले एकीकृत सम्पत्ति कर वृद्धि गरेको भन्दै स्वतन्त्र नागरिक अभियानले एकीकृत सम्पत्ति करमा पुरानै दर कायम गर्न माग गरेको छ ।
आइतबार नगरप्रमुख इश्तियाक अहमद खानलाई ज्ञापनपत्र बुझाउँदै अभियानले जनताको भावनाअनुसार एकीकृत सम्पत्ति कर वृद्धि गर्ने निर्णय सच्याएर पुरानै दर कायम गर्न माग गरेको हो ।
अभियानका संयोजक नारायणप्रसाद भण्डारीले एकीकृत सम्पत्ति कर अस्वाभाविक रुपमा बढाइएकाले यसलाई घटाउनुपर्ने माग राखेर नगरपालिकालाई ज्ञापन पत्र बुझाइएको बताउनु भयो ।
सिद्धार्थनगर नगरपालिकाले यसै आर्थिक वर्ष २०८०÷०८१ साउन देखि लागू हुने गरी नगरवासीहरुबाट लिँदै आएको एकीकृत सम्पत्ति कर अस्वभाविक रुपमा वृद्धि गरेको उहांले बताउनु भयो । जनसमुदायस्तरबाट जानकारी पाए अनुसार ७ सयदेखि १ हजार २ सय प्रतिशत सम्म कर वृद्धि गरिएको देखिएको भन्दै जनगुनासोको आधारमा निर्णय सच्याउन नगरपालिकालाई अपील गरेको बताउनु भयो ।
आर्थिक मन्दीले थला परेको अवस्थामा जनताको मत लिएर जनताको काममा राहत हुने किसिमको योजना दिनुपर्नेमा एकाएक करको दर समेत अस्वभाविक रुपले वृद्धि गर्ने नीति ल्याउनु राम्रो नभएको भण्डारीको भनाइ छ ।
पुरानै करको दर कायम नगरे चरणबद्ध आन्दोलन गर्ने र नगरका सम्पूर्ण कर अवज्ञा गर्ने ज्ञापनपत्रमा चेतावनी दिइएको छ ।
सिद्धार्थ नगरपालिकाका नगरप्रमुख खानले कर सम्बन्धी माग छिटो भन्दा छिटो सम्बोधन गर्ने प्रतिक्रिया दिनुभयो । सिद्धार्थनगर नगरपालिका जनतासंग सम्बन्धित कार्यालय भएकाले जनताको भावना विपरित जान नसक्ने उहांका भनाइ छ ।

≪ Previous Post

देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिक भवन निर्माण शुरु

Next Post ≫

प्रदेशसभा र स्थानीयतहबीच दुरी बढ्दा कानून कार्यान्वयनमा समस्या : सभामुख घर्तीमगर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क