Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिक भवन निर्माण शुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिक भवन निर्माण शुरु

संसारपोस्ट संवाददाता · २१ श्रावण २०८० · 0
देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिक भवन निर्माण शुरु
100
SHARES
ShareTweet

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा शैक्षिक एवं प्रशासनिक भवन निर्माण शुरु गरेको छ । देवदहमा रहेको करिव एक सय विगाहा क्षेत्रफलमा विश्वविद्यालयका पूर्वाधारहरु निर्माणका लागि विस्तृत गुरुयोजना बनाएको छ ।
गुरुयोजना अन्तर्गत पहिलो चरणमा विश्वविद्यालयले ७ करोड १६ लाख २९ हजारको लागतमा २ तले शैक्षिक एवं प्रशासनिक भवन निर्माण शुरु गरेको हो । विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार डा. तिलकराम आचार्यले विश्वविद्यालयका लागि प्राप्त जग्गामा गुरुयोजना अनुरुपका संरचना निर्माण थालिएको बताउनुभयो । निकै दौडधुपकाबीच विश्वविद्यालयले झण्डै सय विगाहा जग्गा प्राप्त गरेको भन्दै निरन्तर रुपमा गुरुयोजना निर्माणको कार्य चलिरहने बताउनुभयो ।
भवनको आइतबार देवदहमा आयोजित एक कार्यक्रमका बीच प्रतिनिधिसभाका सदस्य एवं पूर्वमन्त्री छविलाल विश्वकर्मा, इन्टरनेशनल बुद्धिष्ट कन्फडरेशन, दिल्ली, भारतका अध्यक्ष भन्ते धम्मपिया, अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु सोभनले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । सो अवसरमा बोल्दै प्रमुख अतिथि विश्वकर्माले विश्वविद्यालयको स्थापनाले देवदहको पुरातत्वको अध्ययन अनुसन्धान तथा स्थानीयको जीवनोपयोगी शिक्षा प्रदानमा सफलता मिल्ने बताउनुभयो ।
बौद्ध धर्म दर्शनको विकासमा रहेर विश्वविद्यालयले देवदहमा शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाले बताउनुभयो । सांसद विश्वकर्माले विश्वविद्यालयको विकासमा देवदहबासीले सहयोगी भएर काम गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा बोल्दै विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. नरेशमान बज्राचार्यले विश्वविद्यालयले बुद्धको मावली क्षेत्रमा बौद्ध शिक्षा सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गर्नुभयो । विश्वविद्यालयका लागि आवश्यक जग्गा प्राप्तीमा आफ्नो पनि योगदान रहेको भन्दै उहाँले शैक्षिक गुरुयोजना अन्तर्गत काम गर्र्दै जानुपर्ने बताउनुभयो ।
त्यस्तै देवदह नगरपालिकाका नगर प्रमुख धुब्र खरेलले देवदहमा विश्वविद्यालय स्थापना हँुदा नगरको विकासमा महत्वपूर्ण टेवा पुगेको बताउनुभयो । उहाले विश्वविद्यालय स्थापनाले देवदहबासीले आफ्नै नगरमा उच्च शिक्षा हासिल गर्ने मौका पाएको बताउनुभयो ।
कार्यक्रममा देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिराबहादुर खत्री, वडा नम्बर ८ का वडाध्यक्ष हरि पाण्डे, विश्वविद्यालयका डिन उकेशराज भुजु लगायतले बोल्नुभएको थियो ।
विश्वविद्यालयले हाल देवदहमा विकास अध्ययन तथा प्रयोगिक विज्ञान संकाय अन्तर्गतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । विश्वविद्यालयले विस्तृत गुरुयोजना बनाएर पूर्वाधार निर्माणका कार्य निरन्तर गरिरहने योजना रहेको जनाएको छ ।
डिन कार्यालय अन्तर्गत चालु शैक्षिक सत्रबाट स्नातक तहमा विकास उद्यमशीलता कार्यक्रम सञ्चालन गर्न लागिएको छ । यो कार्यक्रम सञ्चालनपछि देवदहमै स्नातक तहदेखि स्नातकोत्तर तहसम्म अध्ययन गर्न सकिने छ ।

≪ Previous Post

कांग्रेसलाई बलियो बनाउने तर्फ सबै लागौं : सभापति खाँण

Next Post ≫

सिद्धार्थनगरले बृद्धि गरेको एकीकृत सम्पत्ति कर सच्च्याउन नागरिक अभियानको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क