Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कांग्रेसलाई बलियो बनाउने तर्फ सबै लागौं : सभापति खाँण
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

कांग्रेसलाई बलियो बनाउने तर्फ सबै लागौं : सभापति खाँण

संसारपोस्ट संवाददाता · २० श्रावण २०८० · 0
कांग्रेसलाई बलियो बनाउने तर्फ सबै लागौं : सभापति खाँण
90
SHARES
ShareTweet

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले रुपन्देहीलाई पार्टीको राजनीतिक खेलमैदान बनाउन नहुनेमा जोड दिनुभएको छ ।
पार्टी राजनीतिलाई खेलमैदान बनाउदा पार्टी कमजोर हुने र पार्टी कमजोर हुँदा एउटा नेता मात्र नभएर पार्टीसगं जोडिएका सवै नेता कार्यकर्ता कमजोर हुने भएकाले पार्टीलाई कमजोर नभएर बलियो बनाउने तर्फ सवै लाग्नुुपर्ने उहांले बताउनु भयो ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्रनम्वर ३ प्रदेश सभा (क) को प्रथम सम्मेलनको शनिवार भैरहवामा उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख समेत रहेका सभापति खाँणले जिल्ला कार्यसमिति सर्वसम्वत चयन भएको स्मरण गराउंदै सवै आआफ्नो ठाउंबाट पार्टीलाई सवैको साझा, गतिसिल, बलियो र चलायमान बनाउन लाग्नुु पर्नेमा जोड दिनुभयो ।
‘ब्यक्तिगत रुपमा को कससगं नजिक छ वा कसले कस्लाई नेता मान्छ भन्ने कुरा गौंण हो । समग्रमा सबै पार्टीको हितमा लाग्नुु पर्छ । पार्टी कमजोर बनाउने गतिविधि गर्दा सवै कमजोर भैईन्छ ।’ खाँणले भन्नुभयो ।
प्रदेश सभापति सुुरेन्द्रजगं थापाको सभापतित्व, उपसभापति गोविन्द प्रसाद बस्यालको स्वागत, सचिव यमबहादुर थापाको सचांलनमा भएको कार्यक्रममा क्षेत्रिय सभापति शुुसिल गुुरुङ्ग, प्रदेश सभा सदस्य देवि प्रसाद चौधरी, सिद्धार्थ नगरपालिकाका मेयर ईस्तियाक अहमद खान, प्रदेस उपसभापति बिरेन्द्र श्रीवास्तव, सिद्धार्थ नगरसभापति कोशिस बहादुर खड्का, नेताहरु लक्ष्मण सुवेदी, रमा अर्याल, महेन्द्र कुमार श्रेष्ठ, मिना भण्डारी, भवानी बेल्बासे, तिलकराम ज्ञवाली, बिजय धवल, दामोदर शर्मा, कविता लामिछानेलगायतले बोल्दै पार्टीलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा एकल प्रतिस्पर्धा गर्न सक्षम बनाउने तर्फ लाग्नुुपर्ने बताउनु भयो ।
कार्यक्रममा सचिव सुधा कुँवरले बार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष दिपक कुँवरले आर्थिक प्रतिबेदन पेस गर्नुभएको थियो ।

≪ Previous Post

लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायीद्वारा निःशुल्क आखा परीक्षण शिविर

Next Post ≫

देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिक भवन निर्माण शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क