Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायीद्वारा निःशुल्क आखा परीक्षण शिविर
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायीद्वारा निःशुल्क आखा परीक्षण शिविर

संसारपोस्ट संवाददाता · २० श्रावण २०८० · 0
लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायीद्वारा निःशुल्क आखा परीक्षण शिविर
80
SHARES
ShareTweet

बुटवल । ‘सम्पूर्ण सिलाई व्यवसायीहरु एकजुट हौ’ भन्ने उद्देश्यका साथ स्थापित संस्था लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायी संघ, रुपन्देहीले शनिबार बुटवल – २ उजिरसिंहनगरमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ ।
बुटवल लायन्स आँखा अस्पताल र उजिरसिंह माध्यमिक विद्यालय बुटवल– २ मैनाबगरको सहआयोजनामा भएको शिविरमा संस्थाले आफ्ना व्यवसायी सदस्य तथा कालिगढहरुलाई निःशुल्क आँखा परीक्षण तथा औषधी वितरण गरेको हो ।
खासगरी आँखा पाक्ने सरुवा रोग बढ्दै गईरहेको अवस्थामा संघले आफ्ना व्यवसायी सदस्य तथा कालिगढहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै शिविरको आयोजना गरिएको संघका अध्यक्ष कमल छिनालले बताउनुभयो ।
बुटवल लायन्स आँखा अस्पतालका कार्यक्रम संयोजक मनोहर न्यौपानेको नेतृत्वमा खटिएको प्राविधिक टोलीले आँखा परीक्षण तथा औषधी वितरण गरेको हो । उक्त शिविरमा ५ सय २५ जनाले निःशुल्क आँखा परीक्षण पश्चात औषधी प्राप्त गरेका छन् । संघले ५० वर्षभन्दा माथिका वृद्धहरुलाई निःशुल्क औषधी उपचारसहित चश्माको समेत व्यवस्था गरेको छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष सुनिल शाक्यले बुटवलमा लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायीले व्यवसायीको हकहित र सामाजिक कार्यमा योगदान गरेकोमा प्रशंसा गर्दै संघको विकासका लागि वडाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
संघका निवर्तमान अध्यक्ष एवं नेपाल टेलरिङ व्यवसायी महासंघका केन्द्रीय सहकोषाध्यक्ष प्रताप परियारले संघले कोभिडको समयमा आर्थिक तथा खाद्यान्न सहयोग देखि लिएर अन्य व्यवसायिक हितका लागि विभिन्न किसिमका सीपमुलक तालिम प्रदान गरेको बताउनु भयो ।
उहांले सिलाई व्यवसायीहरु पछिल्लो समय अत्यन्तै मर्कामा परेकोले व्यवसायीका अधिकारका लागि स्थानीय तह र वडाले समन्वयकारी भूमिका खेल्नुपर्ने माग गर्नुभयो । त्यस्तैगरी शिविरमा सहभागि रुपा विकले संघले गरेको मानवीय सेवाको प्रशंसा गर्नुभयो ।
संघका अध्यक्ष कमल छिनालले संघ व्यवसायीक र सामाजिक कार्यमा अगाडि बढेको बताउँदै आँखा शिविरमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा अस्थायी प्रहरी चौकी मैनाबगरका इन्चार्ज रामप्रसाद पराजुली, उजिरसिंह मा.वि. का लेखा प्रमुख कपिल अधिकारी, संघका उपाध्यक्ष मिना चौधरीलगायतले आआफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रम संस्थाका सल्लाहकार शम्भु राईको स्वागत तथा सञ्चालन प्रेस सल्लाहकार कृष्ण रणपालले गर्नुभएको थियो ।

≪ Previous Post

कलाकर्मीहरुको सम्मान, सुरक्षा र पहिचानको सवालमा कांग्रेस गम्भीर नभएको गुनासो

Next Post ≫

कांग्रेसलाई बलियो बनाउने तर्फ सबै लागौं : सभापति खाँण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क