Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कलाकर्मीहरुको सम्मान, सुरक्षा र पहिचानको सवालमा कांग्रेस गम्भीर नभएको गुनासो
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

कलाकर्मीहरुको सम्मान, सुरक्षा र पहिचानको सवालमा कांग्रेस गम्भीर नभएको गुनासो

संसारपोस्ट संवाददाता · २० श्रावण २०८० · 0
कलाकर्मीहरुको सम्मान, सुरक्षा र पहिचानको सवालमा कांग्रेस गम्भीर नभएको गुनासो
100
SHARES
ShareTweet

बुटवल । नेपाल सांस्कृतिक महासंघको लुम्बिनी प्रदेश स्तरिय भेला तथा अन्तरक्रिया कार्यक्रम शनिवार बुटवलमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश समितिको आयोजना र रुपन्देही जिल्ला समितिको सहजीकरणमा भएको भेलामा सहभागि महासंघ लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका सभापतिहरुले कलाकर्मीहरुको सम्मान, सुरक्षा र पहिचानको सवालमा अभिभावका रुपमा रहेको नेपाली काँग्रेस गम्भिर नभएको गुनासो गरेका थिए ।
कार्यक्रममा नेपाल सांस्कृतिक महासंघका केन्द्रिय सभापति तिर्थ बहादुर थापाले सांस्कृतिक कर्मीहरुको सम्मानका लागि महासंघको स्थापना गरिएको बताउनुभयो । उहांले कलाकर्मीहरुले केवल सम्मान, पेशाको सुरक्षा र पहिचानका लागि मात्र महासंघमा आवद्धता नजनाएको बताउंदै सांस्कृतिककर्मीले मात्र देशमा परिवर्तन गर्न सक्छन् भन्ने भावना नेपाली काँग्रेसले बुझ्न जरुरी रहेको भनाइ राख्नुभयो । सांस्कृतिक महासंघको मूल्य र मान्यता उच्च रहेपनि पार्टीले सो अनुरुप बुझ्न नसक्दा कलाकर्मीहरुलाई महासंघमा अडाई राख्न समस्या भएको उहांले बताउनु भयो ।
भेलामा नेपाल सांस्कृतिक महासंघका महामन्त्री शिवसंकर रिजाल (जोगिन्दर) ले नेपाली काँग्रेसलाई कसरी वलियो बनाउन सकिन्छ भनेर सांस्कृतिक महासंघ लागि परेको भन्दै पार्टीलाई सबल र सक्षम वनाउन समयसमयमा कार्यक्रम समेत गर्ने गरेको बताउनु भयो । सांस्कृतिक महासंघको महत्वलाई पार्टीले सदुपयोग गर्न सुझाव दिदै उहांले यस पेशामा आवद्ध कलाकर्मीको संरक्षणका लागि टेवापुग्ने गरि प्राथमिकता दिन माग गर्नुभयो ।
कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेशका सभापति डिल्लीनारायण पाण्डेले नेपाली काँग्रेस भित्र गुटउपगुट देखिए पनि नेपाल सांस्कृतिक संघ लुम्बिनी प्रदेशमा गुउपगुटको असर नपरेको वताउनु भयो । उहांले सांस्कृतिक संघलाई नेपाली काँग्रेस पार्टीले प्राथमिकतामा राख्न जरुरी रहेको भन्दै सांस्कृतिक संघको जुन महत्व छ सोही अनुसार पार्टीले स्थान नदिदा कलाकर्मीहरुको सम्मानमा कमी आएको गुनासो गर्नुभयो ।
नेपाल सांस्कृतिक महासंघलाई स्थानीय तहसम्म पुराउन र हरेक स्थानीय तहमा समिति गठन गरि जिल्ला र प्रदेश समिति चयन गरि आगामी मंसिर सम्ममा केन्द्रिय समितिको महाधिबेशन गर्ने गरि महासंघले अभियान शुरु गरेको छ ।
सोही अभियान अन्तर्गत लुम्बिनी प्रदेशमा पहिलो पटक भेलाको आयोजना गरिएको हो । भेलामा नेपाल सांस्कृतिक महासंघ रुपन्देहीका सभापति राधेश्याम राजभण्डारी, खिमानन्द भटृराई, प्रचण्ड जिसी, बाबुराम घिमिरे लगायतले महासंघलाई सशक्त बनाउने गरि कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रम महासंघका केन्द्रीय सदस्य दिपु मगरको सञ्चालमा कार्यक्रम सम्पन्न भएको थियो ।

≪ Previous Post

गुल्मिका पत्रकार कृष्ण अन्जान ज्ञवालीको निधन

Next Post ≫

लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायीद्वारा निःशुल्क आखा परीक्षण शिविर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क