काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ भने ग्यासको मूल्य घटाएको छ ।
निगमले मंगलबार राति १२ बजेपछि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो । खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटेको छ ।
भारतबाट नयाँ मूल्य आएलगत्तै स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको निगमले जनाएको छ ।
पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर सात÷सात रुपैयाँ बढेको छ । हवाई इन्धनको मूल्य भने हाललाई यथावत् राखिएको छ ।
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो, ग्यासको घट्यो
संसारपोस्ट संवाददाता
·
१६ श्रावण २०८०
·
0