Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उपमहानगरले डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्ने
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

बुटवल उपमहानगरले डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्ने

संसारपोस्ट संवाददाता · १७ श्रावण २०८० · 0
बुटवल उपमहानगरले डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्ने
120
SHARES
ShareTweet

बुटवल । बुटवल उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्ने भएको छ ।
उपमहानगरपालिकामा बुधबार बसेको सरोकारवालासहितको बैठक तथा अन्तरक्रिया कार्यक्रमले बिहीबारदेखि १९ वटै वडामा एकसाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिनुभयो । उहांका अनुसार विद्यालय, संघसंस्था, अस्पतालहरुलाई समेत सचेतना कार्यक्रम सहित डेंगी नियन्त्रण अभियानमा सहभागि गराउने निर्णय भएको छ ।
छलफलका क्रममा डेंगी महामारीको समयमा डेंगी परीक्षण शुल्कमा एकरुपता कायम राख्न बुटवलभित्रका प्रयोगशाला सहमत भएको तथा स्वास्थ्यसम्बन्धि निजी र सरकारी अस्पतालहरुले डेंगीबारेका सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय भएको पनि उपनिर्देशक पाण्डेले बताउनु भयो ।
बुटवल उपमहानगरपालिकामा तत्काल डेंगीका संक्रमितको संख्या नबढीसकेकोले सचेतना कार्यक्रम सञ्चालन गर्ने र आवश्यकताअनुसार फिभर क्लिनिक सञ्चालन गर्नेसम्मको तयारी पनि भएको छ ।
‘१९ वटै वडामा अभियान सञ्चालन गर्ने गरी कार्ययोजना तयार गरेका छौं–पाण्डेले भन्नुभयो–‘यो अभियान निरन्तर सञ्चालन हुन्छ र यसमा सबैको सहभागिता र सचेतना जरुरी हुन्छ, यदि व्यक्ति सचेत भएन भने अभियान सञ्चालन गरेर मात्रै हामीले संक्रमण रोक्न सक्दैनौं, पानी जम्न दिनुभएन र लामखुट्टेको टोकाइबाट बच्नुप¥यो ।’
हरेक कार्यालयहरुमा हरेक शुक्रबार १० बजे १० मिनेट कार्यक्रम सञ्चालन गर्दै डेंगी नियन्त्रणका लागि सबैले अभियान सञ्चालन गर्न उपमहानगरपालिकाले आह्वान गर्ने छ । हरेक शुक्रबार १० मिनेट आफ्नो कार्यालयको आसपासमा पानी जम्ने खाल्डाखुल्डी छन् कि छैनन् भन्ने अवलोकन गर्ने र लामखुट्टेले अण्डा पार्न सक्ने स्थान भएमा लार्भा नष्ट गर्ने कार्य अभियानकै रुपमा सञ्चालन हुने छ ।
संक्रमितको तथ्यांक एकीकृत रुपमा संकलन गरी राखेर एकद्वार प्रणालीबाट बुटवल उपमहानगरपालिकालाई बुझाउने निर्णय गरिएको उपनिर्देशक पाण्डेले बताउनु भयो ।
निजी क्लिनिकमा जाँच गरेर उपचार गराउनेहरुले संख्यासमेत नगरमा उपलब्ध गराउनका लागि नगरले आग्रह गर्ने निर्णय भएको छ । रुपन्देहीमा ४६ जना संक्रमित फेला परेको अस्पतालहरुले बताएपनि बुटवलमा अहिलेसम्म संक्रमित फेला नपरेको उपमहानगरपालिकाले जनाएको छ ।
कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवलभित्र डेंगी नियन्त्रणमा नगरले नियमित रुपमा अभियान सञ्चालन गर्ने बताउनु भयो । उहांले सबैले एकसाथ अभियान सञ्चालन गरेर संक्रमण फैलिन नदिनतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । आवश्यक पूर्वतयारी र उपचारका लागि सबै सामग्रीहरु तयारी अवस्थामा राख्ने र आवश्यकताअनुसार फिभर क्लिनिक र औषधिउपचारको व्यवस्था गर्ने उहांले बताउनु भयो ।

≪ Previous Post

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो, ग्यासको घट्यो

Next Post ≫

नक्कली लालपूर्जा दिने र रकम संकलन गर्ने टोल विकास संस्थाका कागजात बुटवल उपमहानगरपालिकाको नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क