Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शाइन रेसुंगा बैंकले एक हजार बिरुवा रोप्दै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शाइन रेसुंगा बैंकले एक हजार बिरुवा रोप्दै

संसारपोस्ट संवाददाता · १४ श्रावण २०८० · 0
शाइन रेसुंगा बैंकले एक हजार बिरुवा रोप्दै
70
SHARES
ShareTweet

बुटवल । शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यावरण संरक्षणको लागि ‘शाइन ग्रो ग्रिन प्रोजेक्ट २०८०’ देशव्यापी संचालन गरिरहेको छ । जस अनुसार यो वर्ष एक हजार बिरुवा रोप्न लागेको हो । गत वर्ष बैंकको १४ औं वार्षिकोत्सव पारेर बैंकले १४ हजार विरुवा रोपेको थियो ।
यो वर्ष बैंक १५औं वर्षमा यात्रा गरेकाले देशभरका ११ वटा क्लष्टरमार्फत एक हजार विरुवा रोपेर १५ हजार पु¥याउने कार्यक्रम तय भएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिनुभयो ।
‘शाइन ग्रो ग्रिन प्रोजेक्ट’ अन्तर्गत शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि. मिड सेन्ट्रल सब क्लस्टर मंगलापुरले तिलोत्तमाको गौतमबुद्ध मा.बि. केवलानीमा बृक्षारोपण गरेको छ । बैंकले विद्यालय परिसरमा स्वामी, धुपी, गुल्मोहर, अशोका, कल्की प्रजातिका ८० बढी बिरुवाहरु रोपेको कलस्टर हेड विष्णु थापाले जानकारी गराउनुभयो ।
उक्त कार्यक्रममा विद्यालयका प्राचार्य मृगेन्द्र रिजालले वातावरण संरक्षण निकै ठूलो चुनौति बन्दै गएको परिस्थितिमा शाइन रेसुंगा डेभलपमेण्ट बैंकले बृक्षारोपणलाई निरन्तरता दिएर वातावरण संरक्षणमा महत्वपूर्ण योगदान गरेको भन्दै रोपेको विरुवा संरक्षणमा बैंक र विद्यालयले समेत ध्यान दिनुपर्ने बताउनुभयो । उहांले आगामी दिनमा थप नविनतम कार्यहरु गर्दै जान बैंकलाई सुझाव दिनुभयो ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंक बुटवलमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक हो । ५ अर्ब अधिकृत पुंजी र ४ अर्ब २८ करोड चुक्ता पुंजी भएको बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम सञ्चालनमा छन् । बैंकले हालै अन्तर्राष्ट्रियस्तरको एशिया इमर्जिङ बैंकिङ अवार्ड र गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो ।

≪ Previous Post

नेपाली सेनालाई राजनीतिक रूपमा गिजोल्न हुंदैन : रविन्द्र मिश्र

Next Post ≫

सुन तस्करीको गहिराईमा पुगेर अनुसन्धान नभए गृह र अर्थमन्त्रीको राजीनामा माग्ने अवस्था आउंछ : काँग्रेस केन्द्रीय सदस्य पौडेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क