Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नेपाली सेनालाई राजनीतिक रूपमा गिजोल्न हुंदैन : रविन्द्र मिश्र
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली सेनालाई राजनीतिक रूपमा गिजोल्न हुंदैन : रविन्द्र मिश्र

संसारपोस्ट संवाददाता · १३ श्रावण २०८० · 0
नेपाली सेनालाई राजनीतिक रूपमा गिजोल्न हुंदैन : रविन्द्र मिश्र
90
SHARES
ShareTweet

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेपाली सेनालाई राजनीतिक रूपमा गिजोल्न नहुने बताउनुभएको छ ।
पार्टीको संगठन सुदृढीकरण अभियान कार्यक्रममा रूपन्देही आउनुभएका मिश्रले पत्रकारहरूसँग कुरा गर्दै अहिलेसम्म राजनीतिले नगिजोलिएको देशको एकमात्र संगठन नेपाली सेनालाई राजनीतिक रूपमा गिजोल्न नहुने बताउनु भएको हो ।
पछिल्लो समय नेपाली सेनाको संख्याबारे आएका अभिब्यक्ति नेपाली सेनालाई कमजोर बनाउने उद्देश्यबाट प्रेरित भएको त छैन भनी प्रश्न गर्नुभयो । राज्यको खर्च कटौती गर्ने थुप्रै उपाय भएको भन्दै उहांले खर्च घटाउन सेनाको संख्या घटाउनुपर्छ भन्ने तर्क उचित नभएको उल्लेख गर्नुभयो ।
बिदेशी सेनासगँ लड्नका लागि मात्रै सेनाको ब्यवस्था नगरिएको बताउंदै बरिष्ठ उपाध्यक्ष मिश्रले आन्तरिक सुरक्षाका लागि पनि सेना आवश्यक पर्ने धारणा राख्नुभयो ।
सेनाको आवश्यकता र औचित्यताबारे थप प्रष्ट पार्दै उहांले भन्नुभयो–‘तत्कालीन नेकपा माओवादीलाई सात दलले शान्ति प्रक्रियामा ल्याएको नभई नेपाली सेनाको कारबाहीले उनीहरूलाई शान्ति प्रक्रियामा आउन बाध्य पारेको हो । नेपालमा फेरि त्यस्तै खाले छापामार युद्व नहोला भन्ने के ग्यारेन्टी छ ?’
स्वतन्त्र र तटस्थ रहनुपर्ने नेपालको कर्मचारी प्रशासन राजनीतिले गिजोलिएको र पछिल्लो समय न्यायालय समेत राजनीतिले प्रभावित भएको भन्दै उहांले अहिलेसम्म राजनीतिले नगिजोलिएको राज्यको एकमात्र निकाय नेपाली सेनालाई अनावश्यक बहसमा ल्याउन नहुने बिचार ब्यक्त गर्नुभयो ।
ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण लगायत ठूला भ्रष्टाचार काण्डहरूको छानबिन सतही मात्रै भएको भन्दै उहांले पछिल्लो सुन तस्करी प्रकरणमा पनि भरिया मात्रै पक्राउ परेको र त्यो छानबिन पनि जरैसम्म नपुग्ने दाबी गर्नुभयो । उहांले मुलुकको हितका लागि संबैधानिक राजसंस्था र हिन्दुराज्य घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।

≪ Previous Post

आज विश्व बाघ दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

Next Post ≫

शाइन रेसुंगा बैंकले एक हजार बिरुवा रोप्दै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क