Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ सुन तस्करीको गहिराईमा पुगेर अनुसन्धान नभए गृह र अर्थमन्त्रीको राजीनामा माग्ने अवस्था आउंछ : काँग्रेस केन्द्रीय सदस्य पौडेल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सुन तस्करीको गहिराईमा पुगेर अनुसन्धान नभए गृह र अर्थमन्त्रीको राजीनामा माग्ने अवस्था आउंछ : काँग्रेस केन्द्रीय सदस्य पौडेल

संसारपोस्ट संवाददाता · १४ श्रावण २०८० · 0
सुन तस्करीको गहिराईमा पुगेर अनुसन्धान नभए गृह र अर्थमन्त्रीको राजीनामा माग्ने अवस्था आउंछ : काँग्रेस केन्द्रीय सदस्य पौडेल
180
SHARES
ShareTweet

बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा सदस्य प्रदिप पौडेलले सुन काण्डको गहिराईमा पुगेर अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । उहाँले भरियामात्रै नभएर योजनाकारसम्म पुग्नेगरी अनुसन्धान गर्न आग्रह गर्दै सामान्य मजदुरको टाउकोमा मात्रै दोस थोपर्ने काम नगर्न आग्रह गर्नुभयो ।
नेपाल प्रेस युनियन रुपन्देहीले आईतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले सुन तस्करीमा संलग्न व्यक्ति पक्राउ परेपछि संसद अवरोध गर्ने काम पनि राम्रो नभएको बताउनु भयो । उहाँले त्यो काण्डको बिरोध गर्ने राम्रो कुरा भएपनि अनुसन्धान हुँदा हुँदै विरोध तथा संसद अवरोध गर्ने काम राम्रो नभएको बताउनु भएको हो । उहाँले सुन काण्डमा जरैसम्म पुगेर अनुसन्धान गर्न र मुख्य योजनाकारलाई समात्न आग्रह गर्दै अनुसन्धान गरेझै गर्ने, सामान्य मजदुरको टाउकोमा दोष थोपरेर दोषीलाई उम्काउने काम भयो भने गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था पनि आउन सक्ने बताउनु भयो ।
उहाँले मुलुकमा भ्रष्टाचार बढेको बताउँदै भ्रष्टाचार रोक्नको लागि दलहरु जिम्मेवार हुनुपर्ने भनाई राख्नुभयो । पुँजीगत खर्चभन्दा चालुखर्च चारगुणा बढी खर्च भएको बताउँदै त्यो पनि पुरा खर्च गर्न नसकिएको भनाई राख्नुभयो । विगत १५ वर्षको तथ्यांकमा ५८ प्रतिशत भन्दा बढी पुँजीगत खर्च हुन नसकेको उल्लेख गर्नुभयो । भ्रष्टाचार, अनियमितता र वेरुजु यसको प्रमुख कारण रहेको उहाँको भनाई छ ।
उहाँले प्रतिनिधी सभामा सांसद संख्या घटाउनु पर्ने, मन्त्रीपरिषदको आकार पनि सिमित संख्याको बनाउनु पर्ने बताउँदै त्यसलाई समावेशी प्रकृतिको बनाउन पनि सकिने भनाई राख्नुभयो । हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकमा पनि यो कुरा उठाएको बताउँदै उहाँले भन्नुभयो–‘प्रतिनिधी सभाको संख्या घटाएर २०१ बनाउन सकिन्छ, त्यसै अनुसार प्रदेश सभाको पनि संख्या घाउन सकिन्छ, त्यसमा समावेशी चरित्रको हुँदैनकी भन्ने चिन्ता होला, त्यो पनि मिलाउन सकिन्छ ।’ नेता पौडेलले संघीयतालाई बलियो बनाउनको लागि पनि राजनीतिक तथा प्रशासनिक खर्च घटाउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले नेपाली काँग्रेस मासबेस चरित्रको पार्टी भएकाले मासबेस पार्टीका मुल्य मान्यताहरुलाई अवलम्बन गर्नुपर्ने बताउँदै पार्टीमा एकैप्रकृतिको सदस्य संरचना, जनताको भावनाको तथा उनीहरुको समस्या सम्बोधन लगायतका कुरामा अझै सुधार गर्न खाँचो रहेको बताउनु भयो । उहाँले पार्टीको केन्द्रीय समितिको बैठक लाईभ गरेर पनि मासबेस पार्टीको चरित्र प्रदर्शन गरेको बताउँदै अब हुने बैठक पनि लाईभ हुने बताउनु भयो । ‘अब हुने बैठक पनि लाईभ हुन्छ ।’ उहाँले भन्नुभयो–‘अब पछाडि फर्किन मिल्दैन ।’
कार्यक्रम नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो ।

≪ Previous Post

शाइन रेसुंगा बैंकले एक हजार बिरुवा रोप्दै

Next Post ≫

बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क