बुटवल । ईलाका प्रहरी कार्यालय वुटवल रुपन्देहीले बुटवलबाट मोटरसाईकल चोरी गर्ने व्यक्तिलाई मोटरसाइकल सहित कपिलवस्तुबाट पक्राउ गरेको छ ।
यही साउन ७ गते राती अन्दाजी ८ बजेको समयमा बुटवल उप–महानगरपालिका वडा नं. ११ देवीनगर रंगशाला स्थित घरमा पार्किङ गरी राखेको भिम बहादुर खासुको १५० सिसीको लु ३५ प १६२८ नं.को पल्सर मोटरसाईकल चोरी भएको थियो ।
प्रहरीले उक्त चोरी भएको मोटरसाइकल खोजतलास गर्ने क्रममा साउन ८ गते जिल्ला कपिलबस्तु, कपिलवस्तु नगरपालिका वडा नं. ६ गोबरी निवासी लोक बहादुर वि.क.ले चोरी गरी चलाउदै गरेको अबस्थामा जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले फेला पारी मोटरसाइकल सहित वि.क.लाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय बुटवलमा बुझाएको थियो ।
मोटरसाइकल चोरी गर्ने वि.क.लाई चोरी सम्बन्धि कसूरमा रुपन्देही जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
