युनियन अध्यक्ष नेपालले कुनै पनि आस्था र विचारका आधारमा नभई मापदण्डका आधारमा सदस्यता दिईनु पर्ने बताउँदै सदस्यता वितरण गर्ने यो निर्णयले सदस्यता सुद्धिकरणलाई समेत गिज्याएको बताउनुभयो ।
‘नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरुको साझा संस्था हो । महासंघले लिने हरेक निर्णय सबैका लागि स्वीकार्य हुनुपर्दछ भन्ने हाम्रो प्रष्ट धारणा छ । तर महासंघले गरेका कतिपय निर्णयहरु आफैमा प्रश्न चिन्न खडा भएकाले त्यस्ता निर्णय सच्याउन नेपाल प्रेस युनियन रुपन्देही जोडदार माग गर्दछ ।’ ज्ञापन पत्रमा भनिएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र लुम्बिनी प्रदेश समितिलाई बोधार्थ दिईएको उक्त ज्ञापन पत्रमा महासंघ रुपन्देहीले गरेको निर्णय विभेदकारी भएकोले सच्याउन र अन्यथा अन्यायपूर्ण निर्णयका विरुद्ध युनियन जस्तोसुकै कदम चाल्न पनि तयार रहेको जानकारी गराईएको छ ।
ज्ञापन पत्र बुझ्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले महासंघले तयार गरेको मापदण्डमा रहेर सबैको छलफलबाट निर्णय गरिएको बताउँदै संगठनहरुले असहमति जनाएकाले फेरी छलफल गरेर एउटा निश्कर्षमा पुग्ने बताउनु भयो।