Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ तिनाउ र दानव नदीको बाढीमा फसेका दुईजनाको उद्धार
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

तिनाउ र दानव नदीको बाढीमा फसेका दुईजनाको उद्धार

संसारपोस्ट संवाददाता · ९ श्रावण २०८० · 0
तिनाउ र दानव नदीको बाढीमा फसेका दुईजनाको उद्धार
80
SHARES
ShareTweet

सतर्कता अपनाउन बुटवल नगरको आह्वान, खाँणद्वारा कटान क्षेत्रको अवलोकन

बुटवल । बुटवलको तिनाउ र दानव नदीमा फसेका दुईजनाको उद्धार गरिएको छ ।
बुटवल मजुवास्थित तिनाउ नदिको बीचमा माछा मार्न गएका पाखापानीका ६४ वर्षीय मिनबहादुर गाहा दाउरा खोज्न जांदा दानव नदीमा फसेका बुटवल–१४ कैलाशनगरका जनक घर्तीलाई उद्धार गरिएको हो । उनीहरुलाई नगर प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको हो ।
तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने उद्देश्य वा खोला हेर्ने उद्देश्यले खोलामा नजान सबैमा अनुरोध गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । उहाँले नदी किनारमा विपदको टोली र नगरप्रहरी खटाएर सावधानी अपनाईएको बताउनुभयो । नदिकिनार क्षेत्रमा नगरप्रहरीले माईकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ ।
यस्तै मंगलबार बिहान तिनाउ नदी उर्लेर नदीको दायाँ बायाँको किनार कटान गरेपछि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण सहितको टोलीले तिनाउ नदी र  कटान क्षेत्रको अवलोकन गरेको छ । तिलोत्तमाको मगरघाट पुलको उत्तर र दक्षिणतर्फको भाग नदीले कटान गरेकाले नगरप्रमुख खाँण सहितको टोली नदी कटान क्षेत्रमा पुगी सो क्षेत्रको अवलोकन गरेको हो ।


तिलोत्तमा नगरप्रमुख खाँण सहित युवा नेता महेश केसी, तिलोत्तमा ३ का वडाध्यक्ष कल्याण पौडेल, सदस्य विष्नु थापा, वडा नम्वर ४ का वडाध्यक्षका प्रत्यासी गोबिन्द भुसाल, निर्माण ब्यवसायी अजय राना, नारायण पाण्डे, रमेश गैरेलगायतको टोलीले कटान क्षेत्रको अवलोकन गरी दीर्घकालिनरुपमै कटान नियन्त्रण गर्ने हिसावले काम गर्नुपर्ने विषयमा छलफल गरिएको थियो ।

यसैगरी रुपन्देहीकै सैनामैनामा डुवानमा परेको घर परिवारलाई उद्धार गरी सुरक्षित बासस्थानमा राखिएको छ । सैनामैना–८ रामापुरमा डुबानमा परेका स्थानीय शंखमुनि थारुको घर परिवारलाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको हो । सोही वडामा रहेको सतचिन्तन प्रतिष्ठानको भवन पनि डुबानमा परेको छ ।
स्थानीय इङ्गुरिया नदीमा आएको बाढी पसेपछि डुवानमा परेको ईलाका प्रहरी कार्यालय सालझण्डीले बताएको छ । सैनामैना–८ का वडा अध्यक्ष बुद्धिराम चौधरीको नेतृत्वमा प्रहरी टोली र स्थानीयहरु संयुक्तरूपमा उद्धारमा जुटेका थिए ।

≪ Previous Post

अविरल बर्षाका कारण ठाउँ ठाउँमा पहिरो : बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालन

Next Post ≫

नेपाल प्रेस युनियन रुपन्देहीको माग :मापदण्डका आधारमा महासंघको सदस्यता देउ 

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क