Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सिमानाकाको कडाईलाई निरन्तरता दिन उद्योग वाणिज्य संघको आग्रह
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिमानाकाको कडाईलाई निरन्तरता दिन उद्योग वाणिज्य संघको आग्रह

संसारपोस्ट संवाददाता · ८ श्रावण २०८० · 0
सिमानाकाको कडाईलाई निरन्तरता दिन उद्योग वाणिज्य संघको आग्रह
80
SHARES
ShareTweet

बुटवल । सिमावर्ती भारतीय बजारबाट किनमेल गरेर आउने नेपाली उपभोक्ताबाट लक्षित गरी सय रुपैयाँ भन्दा बढीको सामानमा राजश्व लिने नीतिलाई निरन्तरता दिन बुटवल उद्योग वाणिज्य संघले आग्रह गरेको छ । संघ लगायत यस क्षेत्रका व्यवसायिक संघसंस्थाहरुको पहलमा हालैदेखि भन्सारमा कडाई गरिएको छ ।
सिमानाकामा कडाई गरेपछि सिमावर्ती नेपाली बजार पनि गुल्जार हुन थालेको र सरकारको राजश्व असुलीमा पनि प्रगति भएको भन्दै बुटवल उद्योग वाणिज्य संघले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरेर सिमानाका कडाईलाई निरन्तरता दिन सरकारसंग आग्रह गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहनु भएका बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बिगतदेखि गरिएको पहल तथा पैरबीका कारण भन्सार बिन्दुमा खुद्रा उपभोग्य वस्तुमा समेत भन्सार महशुल लिने कार्यको थालनी भए पश्चात स्थानीय बजारमा सकारात्मक असर देखिन थालेको बताउनु भयो । व्यवसायीका अनुसार भन्सारमा कडाई गर्न सुरु भएपछि बुटवल बजारमा कपडाको व्यापारमा ३५ प्रतिशत तथा कस्मेटिक तथा मोटरपार्टसमा १० प्रतिशतले व्यापारमा बृद्धि भएको उहाँले बताउनु भयो । त्यस्तै अन्य बस्तुको व्यापारमा पनि तुलनात्मक रुपमा बृद्धि भएको उहाँको भनाई छ ।
कतिपय सिमा क्षेत्रका व्यक्तिको भन्सार नाका खुकुलो बनाउनु पर्ने धारणा आएपछि संघले सरकारलाई दवाव दिन पत्रकार सम्मेलन गरी संस्थागत धारणा प्रष्ट पारेको हो । नेपालको कुल व्यापारको करिव दुई तिहाई भारतबाट आयात हुने र खुला सिमाका कारण कुल ग्राहस्थ उत्पादनको एक तिहाई बराबरको चोरी निकासी हुने गरेको अनुमान गरिएको बताउँदै संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले सरकारले आफ्नो मुख्य स्रोतको बृद्धि सुनिश्चित गर्न तथा स्थानीय उत्पादन र व्यवसायीलाई बलियो गराउनको लागि पनि भन्सार कडाई गर्ने नीतिलाई निरन्तरता दिनुपर्ने भनाई राख्नुभयो ।
त्यस्तैगरी संघका पूर्वअध्यक्ष तथा सल्लाहकार नवराज श्रेष्ठले देशको अर्थतन्त्र दरिलो पार्न भन्सार तथा खुल्ला सीमा नियमन थप कडाई गर्दै जानुपर्ने बताउनु भयो । उहाँले नेपालको कुल ग्राहस्थ उत्पादनको ९० प्रतिशत र कुल रोजगारीको ८० प्रतिशत हिस्सा योगदान रहेको निजी क्षेत्र प्रति बेवास्ता गरिएमा मुलुकको अर्थव्यवस्थामा दीर्घकालिन असर पर्ने भन्दै सरकारलाई कुनैपनि हालतमा पछि नहट्न आग्रह गर्नुभयो ।
राष्ट्रहितको कार्यलाई निरन्तरता दिदै स्थानीय उत्पादन तथा व्यवसायको प्रवद्र्धन मार्फत राजस्व अभिबृद्धिको हालको भन्सार नियमनलाई कायम राख्दै सीमामा अनुगमन तथा निगरानी बढाउन संघका महासचिव विमराज भट्टराईले आग्रह गर्नुभयो ।

≪ Previous Post

मुद्दा फिर्ता लिने विधेयकविरुद्ध शान्ति समाजको प्रदर्शन

Next Post ≫

अविरल बर्षाका कारण ठाउँ ठाउँमा पहिरो : बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क