Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ मुद्दा फिर्ता लिने विधेयकविरुद्ध शान्ति समाजको प्रदर्शन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मुद्दा फिर्ता लिने विधेयकविरुद्ध शान्ति समाजको प्रदर्शन

संसारपोस्ट संवाददाता · ८ श्रावण २०८० · 0
मुद्दा फिर्ता लिने विधेयकविरुद्ध शान्ति समाजको प्रदर्शन
70
SHARES
ShareTweet

बुटवल । सङ्क्रमणकालीन न्याय सम्बन्धि ऐन संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता भएसँगै त्यसको विरोधमा मानव अधिकार तथा शान्ति समाज सडकमा उत्रिएको छ ।
गम्भीर मानव अधिकार उल्लंघनलाई सामान्यीकरण गरेको तथा पीडकलाई छुटकारा दिन त्रुटिपूर्ण विधेयक ल्याइएको भन्दै समाजले सोमबार बुटवलमा सडक प्रदर्शन गर्दै खवरदारी गरेको हो ।
त्यसक्रममा सहभागीहरुले हिंसालाई बढावा दिन पाईंदैन, हिंसालाई संस्थागत गर्न पाइदैन, संशोधन विधेयक मानवअधिकार विरोधी विधेयक हो जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका निवर्तमान केन्द्रीय सभापति एवं सल्लाहकार गोविन्द खनालले सङ्क्रमणकालीन न्याय जस्तो गम्भीर विषयमा कानून संशोधन गर्न पीडित तथा अन्य सरोकारवालासँग छलफल नगरी अपारदर्शी रूपमा विधेयक संसद्मा पेश गरेकोमा आपत्ति जनाउनुभयो ।
सङ्क्रमणकालीन न्याय सम्बन्धि विद्यमान कानून संशोधनका लागि नेपाल सरकारले ल्याएको विधेयक त्रुटीपूर्ण रहेको भन्दै फिर्ता लिन माग गर्नुभयो ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले अहिलेकै अवस्थाको विधेयकले पीडितलाई पूर्ण रूपमा न्याय प्रदान नगर्ने र अन्तर्राष्ट्रिय कानून अन्तर्गत नेपालको दायित्व पनि पूरा नहुने बताउनुभयो ।
सरकार र संसद्ले अन्तर्राष्ट्रिय कानूनी मापदण्ड अनुरूप हुने गरी विधेयकलाई संशोधन गर्नुपर्ने उहांको माग छ । शान्ति समाजका केन्द्रीय सदस्य डिपि खनालले विधेयकले कुनै पनि घटनामा दण्ड नगर्ने जस्तो मनसाय देखिएको भन्दै यसबाट पीडकलाई उन्मुक्ति दिलाउने सरकारको सोच रहेको स्पष्ट हुने उल्लेख गर्नुभयो ।
विरोध प्रदर्शनमा प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, नेपाल प्रेस युनियन रुपन्देहीका सभापति कविन्द्र नेपाललगायतले संशोधित विधेयकका विरुद्ध शान्ति समाजको खवरदारीप्रति ऐक्यवद्धता जनाउनुभएको थियो ।
समाजका रुपन्देही अध्यक्ष कृष्णप्रसाद भट्टराईले सरकारले ल्याएको यो विधेयक स्विकार्न नसकिने बताउनुभयो । कार्यक्रममा समाजका सचिव कृष्ण पाण्डेले पनि आफ्ना धारणा राख्नुभएको थियो ।

≪ Previous Post

बुटवलमा बहुतले पार्किङ भवन निर्माण गर्न नगर विकास कोषसँग लगानी सम्झौता

Next Post ≫

सिमानाकाको कडाईलाई निरन्तरता दिन उद्योग वाणिज्य संघको आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क