Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ दीप बोर्डिङमा प्रविधिमैत्री परीक्षाको प्रयोग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दीप बोर्डिङमा प्रविधिमैत्री परीक्षाको प्रयोग

संसारपोस्ट संवाददाता · ५ श्रावण २०८० · 0
दीप बोर्डिङमा प्रविधिमैत्री परीक्षाको प्रयोग
50
SHARES
ShareTweet

बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले प्रविधिमैत्री परीक्षाको प्रयोग गरेको छ ।
विद्यार्थीहरूलाई सैद्धान्तिक र व्यावहारिक रूपमा कम्प्युटर विषय पढाइरहेको सन्दर्भमा विद्यालयले प्रथम त्रैमासिक परीक्षाअन्तर्गत कक्षा ९ का विद्यार्थीहरूको कम्प्युटर विषयको परीक्षा पेपरलेस अर्र्थात् निश्चित समयभित्र शिक्षकको निगरानीमा विद्यार्थीहरूलाई कम्प्युटरमै प्रश्नको उत्तर दिन लगाई प्रविधिमैत्री परीक्षा सञ्चालन गरेको हो ।
प्रविधिमैत्री परीक्षामा विद्यार्थीहरूलाई वस्तुगत र विषयगत गरी दुई प्रकारका प्रश्न सोधिएको थियो भने विद्यार्थीहरूलाई विद्यालयका चारओटा कम्प्युटर ल्याबमा राखेर परीक्षा सञ्चालन गरिएको थियो । उक्त परीक्षामा आफ्नो ल्यापटप हुने विद्यार्थीहरूले आफ्नै ल्यापटपबाट र अन्य विद्यार्थीहरूले विद्यालयले उपलब्ध गराएको कम्प्युटरबाट परीक्षा दिएका थिए । विद्यालयले परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन परीक्षा हलमा सुपेरीवेक्षक सहित सिसी क्यामेराबाट समेत निगरानी गरेको थियो ।
विद्यार्थीहरूलाई व्यावहारोपयोगी र वास्तविक प्रविधिमैत्री बनाउन पेपरलेस अर्थात् उत्तरपुस्तिका बिना प्रविधिमैत्री परीक्षा सञ्चालन गरेको बताउँदै विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले आगामी दिनमा यसलाई थप व्यवस्थित बनाउँदै अन्य विषयमा पनि यो परीक्षा प्रणाली लागु गर्दै जाने बताउनुभयो । कम्तीमा प्रविधिसँग सम्बन्धित विषयको परीक्षा सबै शैक्षिक संस्थाहरूले प्रविधिमैत्री ढङ्गले सञ्चालन गरेमा विद्यार्थीहरूमा व्यावहारिक सिप र प्रविधिमैत्री कार्यकुशलता वृद्धि हुने कुरा उहांले बताउनुभयो ।
सधैँ कापीका पानामा परीक्षा दिइरहेको अवस्थामा कम्प्युटरमै टाइप गरेर परीक्षा दिन पाउँदा नौलो अनुभूति गरेको र लेख्न पनि आफूलाई सहज भएको कक्षा ९ मा अध्ययनरत विद्यार्थी एरिजोना भुसालले बताउनुभयो । परीक्षालाई प्रविधिमैत्री तरिकाले सञ्चालन गर्न पाउँदा नयाँ उत्साह थपिएको बताउँदै सुरुवातमा केही कठिन र व्यवस्थापनमा जटिलता देखिए पनि निरन्तरता दिइरहँदा यो प्रविधिमैत्री परीक्षा सजिलो, कम खर्चिलो र परिणाममुखी हुने कुरा विद्यालयका कम्प्युटर विषय प्रमुख एकराज गुरागाईंले बताउनुभयो । परीक्षामा कक्षा ९ का १५० जना विद्यार्थीहरू सहभागी भएका थिए ।

≪ Previous Post

कान्ति माविमा अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता 

Next Post ≫

ढुवानी व्यवसायीलाई भ्याट र विल विजकका विषयमा सहजीकरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क