Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ‘मर्निङ अफर’ले लुम्बिनी केबलकारमा पर्यटक बढे
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

‘मर्निङ अफर’ले लुम्बिनी केबलकारमा पर्यटक बढे

संसारपोस्ट संवाददाता · ३ श्रावण २०८० · 0
‘मर्निङ अफर’ले लुम्बिनी केबलकारमा पर्यटक बढे
60
SHARES
ShareTweet

बुटवल । टिकट दरमा ५० प्रतिशत छुट दिएर आधा सस्तो बनाएपछि लुम्बिनी केबलकार चढ्ने पर्यटकको संख्या बढेको छ ।
केबलकारले साउनको पहिलो बुधबारदेखि हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म टिकट खरिदमा ५० प्रतिशत छुटसहित ‘मर्निङ अफर’ शुरु गरेसंगै पर्यटक बढेका हुन् ।
केबलकारको दुईतर्फी यात्राकालागि साधारण टिकट दर ७५० रुपैयां रहेकोमा ‘मर्निङ अफर’ को लागि ३७५ रुपैयां मात्र कायम गरिएको छ ।
टिकट सस्तो भएको थाहा पाएपछि बुधबार बिहान ९ नबज्दै देखि १२ बजेसम्म केबलकारमा सर्वसाधारणको उत्साहजनक उपस्थिति र चहलपहल बढेको थियो ।
यसअघि केबलकारमा प्रतिदिन औसतमा ५ सय जना पर्यटक आउने गरेकामा ‘मर्निङ अफर’को पहिलो दिन ३ घण्टामै ९९६ जना पर्यटक आएका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए ।
सर्वसाधारणको मागलाई समेत मध्यनजर गरेर भदौ मसान्तसम्मकालागि यो अफर ल्याइएको सैंजूले बताए ।
आईएमई ग्रुपको अगुवाईमा कुल ५ अर्ब लागतको लुम्बिनीप्रदेशकै पहिलो यो केबलकारगत जेठ १५ गतेदेखि व्यवसायिक सञ्चालनमाआएको थियो ।
यो अफरमा भारतीय नागरिकले समेत ३७५ भारुमा र तेस्रो मुलुकका विदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने प्रालिले जनाएको छ ।
यो अफरले आम सर्वसाधारणलाई निकै सस्तो शुल्कमा केबलकार यात्रा गर्ने अवसर दिएको बुटवलका विष्णु खत्रीले बताए । आर्थिक मन्दी र नागरिकको क्रयशक्तिकमभएकोे परिप्रेक्ष्यमा टिकट दर आधा सस्तो बनाउंदा आम सर्वसाधारणलाई सहज भएको बताए ।
पाल्पाबाट आएका ५० वर्षिय नारायण अर्यालले टिकट दर आधा घटाएर अफर ल्याउनु राम्रो भएको तर बटम स्टेशसनमा एक बोतलपानीको मुल्य ५० रुपैयां लिनु उचितनभएको सुझावदिए ।
२.६ किलोमिटर दुरीको केबलकारको टप स्टेशनपाल्पाको बसन्तपुरमा बनेको कामाख्या देवीको मन्दिर हिन्दु धर्मावलम्बीहरुकालागि विशिष्ट आकर्षण बनेको छ ।
कामाख्यामन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशकाविभिन्नशहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरु आउने गरेको आयोजनाप्रमुखगोकुल साउदले जानकारी दिए । जेठ १५देखि असार मसान्तसम्म केबलकारमा करिब ३० हजार जना पर्यटक आएका र ४० प्रतिशतभारतीय रहेका साउदले बताए ।
समुद्री सतहबाट ९६० मिटर उचाईमा रहेको बसन्तपुरमा तराईका ठाउं भन्दा७ देखि १० डिग्री सेल्सियस कमतापक्रमहुने भएकाले गर्मी मौसममाशितल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाईको थलो बनेको छ ।
केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशतसेवाशुल्कवापतबुटवल उपमहानगरपालिका र तिनाउगाउंपालिकाकालागि छुटाएको छ । उक्त रकमदुई पालिकाले ५०–५० प्रतिशतका दरले बांडफाड गर्ने गरी सम्झौताभएको छ ।
टप स्टेशनमा २ वर्षभित्र १ सय ५० कोठा,एक हजार जनाक्षमताको बैंक्वेट हल, क्यासिनो सहितपांचतारे होटेल बनाउने तयारी भएको छ ।

≪ Previous Post

शान्ति सुरक्षाको माग गर्दै तिलोत्तमा उद्योग वाणिज्य संघ तिलोत्तमा नगरपालिकामा

Next Post ≫

कान्ति माविमा अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता 

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क