Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पेस्तोल फायर गरी फरार अभियुक्त पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पेस्तोल फायर गरी फरार अभियुक्त पक्राउ

संसारपोस्ट संवाददाता · ३ श्रावण २०८० · 0
पेस्तोल फायर गरी फरार अभियुक्त पक्राउ
60
SHARES
ShareTweet

भैरहवा । पेस्तोल फायर गरी फरार भएका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको छ । गएको जेठ १९ गते राती करिव पौने १२ वजेको समयमा कोटहीमाई गाउँपालिका वडा नं। ६ पर्सहवा बस्ने श्रीराम यादवलाई काम गरिरहेको स्थानतिर पेस्तोल जस्तो देखिने हतियारद्धारा फायर गरी फरार रहेको अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले पेस्तो फायर गर्ने मर्चवारी गाउँपालिका वडा नं।४ पुन्हिकोट बाट दुबलिया जाने बाटोको खैरा गाँउमा सडक पिच गर्ने क्रममा लु ३३ प ७६५३ नं। को सुपर स्पिलिन्डर मोटरसाईलकमा आएको मर्चवारी गाउँपालिका वडा नं।४ महदेबा बस्ने बर्ष ३० को राजु यादव भन्ने ईन्द्रकेश यादवलाई पक्राउ गरेको छ ।
निज यादवले बाटो मर्मत गर्ने निर्माण व्यवसायी संग वादविवाद गरी बाटो पिच गर्ने क्रममा अवरोध सिर्जना गरेको र श्रीराम यादवले काम गरिरहेको स्थानतिर पेस्तोल जस्तो देखिने हतियार द्धारा फायर गरी फरार रहेकोमा अनुसन्धानको क्रममा खोजतलास गर्दै जांदा यही साउन १ गते मर्चवारी गाउँपालिका वडा नं। ४ मर्चवारी स्थित निजकै घर वतनमा फेला पारी प्रहरी पक्राउ गरेको हो । पक्राउ परेका यादवलाई रुपन्देही जिल्ला अदालतबाट ५ दिन को म्याद थप अनुमति लिई “ज्यान मार्ने उद्योग र हातहतियार खरखजना कसूर”मुद्धामा अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले लु ३३ प ७६५३ नं। को सुपर स्पिलिन्डर मोटरसाईलक–१ थान, मेड टाईप ५४ चाईनिज पेस्तोल जस्तो देखिने हतियार– १ थान, सोमा लाग्ने गोली राउण्ड– २ थान र फायर भएको खोका १ थान बरामद गरेको छ ।

सवारी ज्यान मुद्दाका फरार अभियुक्त १९ वर्ष पछि पक्राउ

इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीले सवारी ज्यान मुद्दामा वारदात पश्चात फरार रहेका अभियुक्तलाई १९ वर्ष पछि पक्राउ गरेको छ ।
२०६० साल भदौ २९ गते बिहान करिव ९ बजेको समयमा बुटवल उप–महानगरपालिका वडा नं।–८ शान्तिपथमा लु १ त ५३०६ नं।को ट्याक्टरले सोही ठाउं बस्ने बिनोद भुषालको नबालिका छोरीलाई ठक्कर दिंदा वालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।
सो सवारी ज्यान मुद्दामा घटना पश्चात फरार रही अनुसन्धानको क्रममा खुल्न आएका फरार अभियुक्त ईन्द्र प्रसाद थारुलाई खोजतलास गर्ने क्रममा यही साउन २ गते बुटवल उप–महानगरपालिका वडा नं।१७ बाट ईलाका प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलिले पक्राउ गरेको हो । निजलाई रुपन्देही जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

पुँजिगत खर्च गर्नेमा सियारी गाउँपालिका रुपन्देहीमै पहिलो, कम खर्च गर्ने मर्चवारी

Next Post ≫

शान्ति सुरक्षाको माग गर्दै तिलोत्तमा उद्योग वाणिज्य संघ तिलोत्तमा नगरपालिकामा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क