Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पुँजिगत खर्च गर्नेमा सियारी गाउँपालिका रुपन्देहीमै पहिलो, कम खर्च गर्ने मर्चवारी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पुँजिगत खर्च गर्नेमा सियारी गाउँपालिका रुपन्देहीमै पहिलो, कम खर्च गर्ने मर्चवारी

संसारपोस्ट संवाददाता · २ श्रावण २०८० · 0
पुँजिगत खर्च गर्नेमा सियारी गाउँपालिका रुपन्देहीमै पहिलो, कम खर्च गर्ने मर्चवारी
110
SHARES
ShareTweet

बुटवल । रुपन्देहीको सियारी गाउँपालिका जिल्लामै सबैभन्दा धेरै पुँजीगत खर्च गर्ने पहिलो स्थानीय तह भएको छ ।
रुपन्देहीका १६ वटा पालिकामध्ये सियारी गाउँपालिकाले सबैभन्दा बढी पुँजिगत खर्च गरेको छ । आर्थिक बर्ष २०७९÷०८० मा सियारीले ८७ दशमलव १५ प्रतिशत खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीले जनाएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार रुपन्देहीका १६ वटा पालिकाहरुले समग्रमा ७७ प्रतिशत पुँजिगत खर्च गरेका छन् ।
सबै पालिकाका लागि ३१ करोड ७६ लाख ७३ हजार बजेट बिनियोजन भएकोमा २७ करोड ७२ लाख ८४ हजार अर्थात ८७.१५ प्रतिशत खर्च गर्न पालिकाहरु सफल भएको प्रमुख कोष नियन्त्रक बिष्णुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा सबैभन्दा कम पुँजिगत खर्च गर्नेमा मर्चवारी गाउँपालिका रहेको छ । मर्चवारीले ६४ प्रतिशत मात्र खर्च गरेको छ । त्यसपछि पँुजिगत खर्च गर्न नसक्नेमा सुद्धोधन गाउँपालिका रहेको छ । सुद्धोधनले ६८ दशमलव ९७ प्रतिशत मात्र खर्च गरेको छ ।
पुँजीगत खर्च गर्नेमा सियारी पछि कोटहीमाई गाउँपालिका रहेको छ । कोटहीमाईले ८४ दशमलव ४१ प्रतिशत खर्च गरेको छ । त्यसपछि पुँजिगत खर्च गर्नेमा मायादेवी गाउँपालिका रहेको छ । मायादेवीले ८२ दशमलव २४ प्रतिशत खर्च गरेको छ ।
बुटवल उपमहानगरपालिकाले ६९ दशमलव ४८ प्रतिशत, तिलोत्तमा नगरपालिकाले ७३ दशमलव ३८ प्रतिशत, देवदह नगरपालिकाले ७३ दशमलव ८१ प्रतिशत, लुम्बिनी साँस्कृतिक नगरपालिकाले ७६ दशमलव ४० प्रतिशत र सिद्धार्थनगर नगरपालिकाले ७२ दशमलव ४९ प्रतिशत खर्च गरेका कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
त्यसैगरी सैनामैना नगरपालिकाले ७९ दशमलब ३४ प्रतिशत, ओमसतिया गाउँपालिकाले ७९ दशमलव २६ प्रतिशत, कञ्चन गाउँपालिकाले ८१ दशमलब १२ प्रतिशत खर्च गरेको छ ।
कार्यालयका अनुसार गैडहवा गाउँपालिकाले ८२ दशमलव २ प्रतिशत, रोहिणी गाउँपालिकाले ७९ दशमलब ६३ प्रतिशत र सम्मरीमाई गाउँपालिकाले ७८ दशमलब ५४ प्रतिशत खर्च गरेको छ ।

≪ Previous Post

करिव १० लाख मूल्यका मोवाईल तथा मोवाईलका पार्टपुर्जा बरामद

Next Post ≫

पेस्तोल फायर गरी फरार अभियुक्त पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क